मालफोत कार्यालय लहानमा बम विस्फोट गराउने एकजना पक्राउ

  • चैत २, २०७७
  • समृद्धिपथ
alt

लहान । एक दिनअघि सिरहाको लहान स्थित मालपोत कार्यालय भवनमा बम विस्फोट गराउने एक जनालाई सोमबार सिरहा प्रहरीले पक्राउ गरेको छ ।

बम विस्फोट गराएको अभियोगमा पक्राउ पर्नेमा लहान नगरपालिका–१८ भदैयाका २८ वर्षीय बलराम मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । मण्डल जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)का कार्यकता रहेको प्रहरीले जनाएको छ ।

मालपोत कार्यालयमा जडान गरिएको सिसिटिभी क्यामरा फोटोबाट गोप्य सूचनाका आधारमा प्रहरीको गहिरो अनुसन्धानपछि सिरहा शसस्त्र प्रहरीको टोलीले सुखीपुर नगरपालिका २, विद्यानगरबाट पक्राउ गरी थप अनुसन्धान सुरु गरिएको सिरहा प्रहरीले जनाएको छ ।

आइतवार दिउसो पौने १ बजे भएको शक्तिशाली बम विस्फोटमा परी मालपोत कार्यालयका कर्मचारी नायब सुब्बा शिवकुमार यादवसहित ८ जना घाइते भएका थिए । बम विस्फोट घटनाको जिम्मेवारी जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) जयकृष्ण गोइत समूहले लिएका थिए ।

शौण्डिक चौरासी समाजक ...

फिरोज सिद्दिकी ११ श्रावण, लहान । शौण्डिक समाजको उत्थान ...

दलित समुदायका पत्रका ...

मिर्चैया । दलित समुदायका पत्रकारहरूले आफूहरूलाई पत्रकार ...

प्रधानमन्त्री ओलीलाई ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाब ...

अर्थतन्त्रलाई चलायमा ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा देखिए ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A