लहानमा अतिक्रमण गरी बनाएका घर टहरा भत्काउँदा झडप, ५ जना घाइते

  • बैशाख २२, २०७८
  • समृद्धिपथ
alt

लहान । सिरहाको लहान ५ स्थित खोला किनारमा सडक अतिक्रमण गरी बनाइएका घर टहरा नगरपालिकाले भत्काउँदा झडप भएको छ । अतिक्रमण गरेर बनाएको उक्त घर टहरा खाली गराउने क्रममा झडप हुँदा ५ जना घाइते भएका छन् ।

झडपमा परी घाइते हुनेहरुमा लहान नगरपालिकाका प्रहरीहरु मनोज यादव, राम दयाल महतो, राम भरोस यादव, सरसफाई कर्मी बब्लु मेस्तर र अनिता मेस्तर रहेका छन् ।

यसअघि अतिक्रमित जग्गा खाली गर्न पटकपटक सार्वजनिक सूचना जारी गर्दा पनि घर टहरा नहटाएकोले बाध्य भएर डोजर प्रयोग गर्नु परेको नगरपालिकाले जनाएको छ ।

लहान ९ को खुट्टी खोलादेखि पूर्व र लहान गोठ टोल जाने पिच सडकदेखि पश्चिम तर्फ बैलहाट सडकदेखि पश्चिममा रहेको खुट्टी खोलाको जग्गामा व्यवस्थित हाट बजार लगाउने भएकोले उक्त क्षेत्रभित्र अबैध रुपमा निर्माण गरिएको भौतिक संरचना तथा अतिक्रमित जग्गाहरु खाली गराउनु परेको लहान नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खेमनन्द भुसालले जानकारी दिनु भयो ।

उहाँले भन्नु भयो– ‘पटक पटक लिखित तथा मौखिक रुपमा जानकारी गराउदाँ पनि सूचनाको बर्खिलाप गरी अटेर गरेकोले बाध्य भएर डोजर लगाउनु परेको हो ।’

उता आफ्नो नम्बरी जग्गामा बनाएको घर टहरा नगरपालिकाले जबरजस्ती खाली गराउन लागेको स्थानीय पिडितको गुनासो रहेको छ ।

photo_2021-05-05_14-44-58 (2) photo_2021-05-05_14-44-58 (3)

'कृष्णाको हातमा चिया ...

जीवछ उदासी चैत १० गते लहान नगरपालिकाको मुख्य चोक तरका ...

माओवादी संगठन सुदृढी ...

जीवछ उदासी  लहान,चैत ९ गते । गाउँगाउँमा सुदृढीकर ...

'बाम एकताको लागि युव ...

जीवछ उदासी  दस दलीय गठबन्धन सरकारको नेतृत्व पुष्प ...

तीसवर्षपछि रामकृष्णल ...

जीवछ उदासीचैत ८ गते लहान स्थित जेएस मुरारका बहुमुखी क्य ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2023 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A