लहानमा रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि निःशुल्क वितरण हुँदै

  • जेठ २७, २०७७
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी

लहान । मारवाडी सेवा समिति लहानले रोग प्रतिरोधात्मक क्षमता बढाउने होमियोप्याथिक औषधी निःशुल्क वितरण गरेको छ ।

कोरोना भाइरसको महामारी फैलिएको समयमा होमियोप्याथिक चिकित्सा पद्दतीमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने औषधि मंगलवार मारवाडी सेवा सदन लहानमा निःशुल्क वितरण भएको हो ।

हाल विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) सँग लड्न रोग प्रतिरोधात्मक शक्ति वृद्धि गरेमा रोगबाट बच्न सकिन्छ भन्ने मान्यता रहेको छ ।

‘सेवा परमो धर्म’ भन्ने ध्येयका साथ नेपाल राष्ट्रिय मारवाडी परिषद् र मारवाडी सेवा समिति काठमाडौंको सौजन्यमा वितरण गरिएको औषधि सबैले लिन सक्ने मारवाडी सेवा समिति लहानका अध्यक्ष संजय अग्रवालले जानकारी दिनु भयो ।

उहाँले बालबालिका, गर्भवती महिला समेतले लिन सक्ने साइड इफेक्ट नभएको रोग प्रतिरोधात्मक क्षमता भएको जसले रोगसंग लडने क्षमता बढाउने निःशुल्क वितरीत होमियोप्याथिक औषधी सेवन गर्न सबैसंग आग्रह गर्नुभएको छ ।

मारवाडी सेवा समिति काठमाडौले कोभिड–१९ विरुद्धमा देशव्यापी अभियान चलाउने क्रममा हाल देशभरिका विभिन्न शाखाबाट उक्त औषधि निःशुल्क वितरण भैरहेको समितिका महासचिव महावीर घिराईयाले जानकारी दिनुभयो ।

82950207_911089306060771_429639467608643317_o copy

69938675_911089642727404_8833803320230635795_o copy

 

शौण्डिक चौरासी समाजक ...

फिरोज सिद्दिकी ११ श्रावण, लहान । शौण्डिक समाजको उत्थान ...

दलित समुदायका पत्रका ...

मिर्चैया । दलित समुदायका पत्रकारहरूले आफूहरूलाई पत्रकार ...

प्रधानमन्त्री ओलीलाई ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाब ...

अर्थतन्त्रलाई चलायमा ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा देखिए ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A