विकास निर्माणमा अबरोध सृजना नगरौ : नगरप्रमुख मुनि साह

  • श्रावण २८, २०७८
  • समृद्धिपथ
alt

हाम्रो लहान, समृद्ध लहानको नाराका साथ लहानको २४ वटै वडाहरुमा विकास भएको श्रोत साधनलाई प्रयोग गरे शहरी र ग्रामीण क्षेत्रलाई ध्यानमा राखेर द्रुत गति दिएको विकास निर्माणको क्रममा पछिल्लो चरणमा केहि गौरवका विकास योजनाहरुमा अबरमोध सृजना भएको छ । यहि सन्दर्भमा पत्रकार जिवछ उदासीले लहान नगरप्रमुख मुनि साहसँग गरेको छोटो कुराकानीको अंश:

0 पछिल्लो चरणमा लहान नगरपालिकाले अघि बढाएको गौरवका तीन विकासका योजनाहरु के के छन् ?

–हाम्रो लहान समृद्ध लहानको नारा व्यवहारमा उतार्न श्रोत साधनले भ्याएसम्म चुनावमा नगरवासीसँग गरेका चुनावी प्रतिवद्धताहरु ९० प्रतिशत नै पुरा गर्ने अठोटका साथ सडक निर्माण,शिक्षा, स्वास्थ्य र कृषितर्फ काम गरेका छौ । यो वर्ष करीब वीस करोडभन्दा बढीको गौरवका योजनाहरुमा क्रमशः नयाँ बजारको आधुनिकरण गर्न दस करोडको टेण्डर भैसकेको, लहान–४ खुटी खोलामा जहाँ सयौ वर्षदेखि अव्यवस्थित तरिकाबाट लास जलाउने कार्य भइरहेको छ । त्यस ठाँउमा दुई करोडको लागतमा आर्यघाट निर्माण र फोहोरबाट मोहर बनाउन सात करोडको फिकल परियोजना रहेका छन् ।
यी परियोजनाहरुलाई अघि बढाँउदा स्थानीयहरुले बाधा विरोध गरिरहेको कारण के होला मेयर सहाव प्रष्ट गरि दिनुस न ?

यी परियोजनाहरु अकस्मात ल्याएको होइन, नगर सभामा व्यापक छलफल भएर आएको हो । नगरसभामा नेकपा एमाले, नेपाली काँग्रेस, समाजवादी फोरम र माओवादीबाट निर्वाचित जन प्रतिनिधिहरु पनि छन् । सबैको सर्व समितिले पास भएर आएको योजनाहरुलाई विना कारण अबरोध सृजना भएको छ । म नगरप्रमुखखको हैसियतले अहिले पनि आग्रह गर्न चाहन्छु– यस्ता गौरवका योजनाहरु ल्याउन नगरपालिकाले निकै मेहनेत गरेर ल्याएको हो । यसमा अबरोध सृजना नगरी सहयोग गरौ । आफ्ना निहित स्वार्थहरु पुर्तिको लागि विकास निर्माणको कार्यमा अवरोध नगरौ ।

0 नयाँ बजार खाली गर्दा त्यहाँ पसल गरिरहेका व्यापारीहरुको लागि केहि विकल्प त दिनु परयो नि ? यसबारे के भन्नुहुन्छ ?

– नयाँ बजार खाली गरेर खुटीपारी तत्काल पसल थप्न व्यवस्थापन गरिएको छ । यी सबै विकास निर्माण हुन नदिइने बाहाना मात्रै हुन । विकास विरोधी तत्वहरुलाई अब सचेत लहानवासीहरुले साथ दिनुहुँदैन । भाडा असुल गर्ने दलालहरु भ्रम छरेर समस्या सृजना गरिरहेको छ । यस्तो गौरवका विकास योजना ल्याउने जनप्रतिनिधि र ठेकेदारलाई फूलको माला लगाएर स्वागत गर्नुपर्नेमा अवरोध सृजना गर्नु बिडम्बन देखिएको छ ।

0 हम्रो लहान, समृद्ध लहानको नारा दिएर थालिएको विकास निर्माणको कार्य अघि बढ्दा लहान नगरपालिकाले निकै अदालती मुद्दाहरुको सामना गर्नु परिरहेको बारे के भन्नुहुन्छ ?

– यो अत्यन्तै सान्दर्भिक प्रश्न गर्नुभयो । हाम्रो लहान, समृद्ध लहानको नारा लहानको प्रगति र विकासको लागि साझा पथ हो । सहमति सहकार्य र एकताकासाथ जनपक्षीय कार्यहरुमा सहयोग गर्नुपनि हो । तर बिडम्बना देखियो । तीन दर्जनभन्दा बढी विकास निर्माणको कामहरुमा आदालती झमेलाको सामना गर्दै चुनावमा जनतासँग गरेका ९० प्रतिशत प्रतिवद्धताहरु पुरा गनर््े चरणमा छौ । त्यसमा गौरव गर्ने लायकका योजनाहरुमा त झन लफडा खाडा भयो । यसैको पुनरावृति अहिले यी तीन गौरवका योजनाहरुमा हुन थालेको छ ।

0 यस्तै अबरोधहरु सृजना भइरहयो भने नयाँ बजार निर्माण, आर्यघाट निर्माण र फिकल परियोजनाको भविष्य के होला ?

– अवरोध समस्या आइरहन्छ, त्यसको सामाधान गर्दै अघि बढ्दै बढने गरेका छौ । हतास र निरास भएको भए लहानमा केहि गर्न सक्दैन्थ्यौ तर गरेर देखायौ नि ? हो यी तीन योजनाहरु निकट भविष्यमै अघि वढ्छ र नगरवासीहरु उत्पन्न गरिएका भ्रमहरुको बारेमा प्रष्ट हुँदै जान थालेकोले चारैतिरबाट सहयोग र समर्थनको माहोल पनि बन्दै जान थालेको छ ।

0 शिक्षक सरुवाको विषयमा किन यति झमेला भइरहेको छ मेयर सहाव ?

– भौतिक विकास मात्रै विकास नभएर सामाजिक न्याय पनि विकासकै अभिन्न अंग हो । शिक्षाको विषयमा लहान नगरपालिका गहिरो समीक्षा गरेर अघि बढयो । संविधानले दिएको अधिकार प्रयोग गरेर नगर शिक्षा ए्न बनायौ । शिक्षा ऐन बनाएर शिक्षक सरुवाको प्रावधान पनि राख्यौ । तदअनुसार शिक्षक सरुवालाई सारयौ । नगरपालिका अन्तर्गत नै हुने शिक्षक सरुवाले शिक्षकह उत्साहित हुनु होला भने सोचेर नै सामुदायिक विद्यालयको गुणस्तर सुधारको लागि राम्रो नियतले गरेको सरुवामा पनि झमेला खाडा गरेको छ । सामुदायिक विद्यालयका आदरणीय शिक्षकहरुलाई अहिले पनि आग्रह गर्छौ विद्यालय ज्ञानको मन्दिर भएकोले यसमा बढी राजनीति नगरी दिनुस । शिक्षक सरुवा बदनीयतपूर्ण तरीकाले नगरी शैक्षिक सुधारको लागि नै लहान नगरपालिकाले चालेको प्रगतिशील कार्य हो भने बुझिदिउ ।

0 अन्तिम जिज्ञासा, जनप्रतिनिधिहरुको समयाबधि एक आध वर्ष मात्रै बाँकी रहेको छ । यस समयलाई लहान नगरपालिकाले कसरी अघि बढाउने सोच राख्नु भएको छ ?

– बाँकी रहेको समयलाई जसरी खेलाडीले खेल मैदानमा अन्तिम सेकेण्ड समयलाई गोल गर्न आतुर रहन्छ, त्यसरी नै यो समयलाई सदुपयोग गरेर बाँकी रहेका कामहरु यस समयमा सकिने गरी अघि बढ्ने छौ ।

 

स्वास्थ्य बीमामा सहभ ...

काठमाडौं- स्वास्थ्य बीमा बोर्डको स्वास्थ्य बीमा कार्यक् ...

मधेश विकास नहुनुको प ...

फिरोज सिद्दिकी लहान, चैत ३० गते । उपप्रधानमन्त्री एवम् ...

आज सलहेस फूलवारी मेल ...

लहान, बैशाख १ गते । सलहेस फूलवारी मेला भर्न आएका भक्तजन ...

युथ मुस्लिम वेल फेवर ...

फिरोज सिद्दिकी  लहान। युथ मुस्लिम वेल्फेयर सोसाइट ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A