‘नगरिकता र राष्ट्रियताप्रति एकमत हुनु जरुरी छ’

  • असार ८, २०७७
  • समृद्धिपथ
alt

जिवछ उदासी
लहान, असार ८ गते ।
सत्ताधारी दलले विदेशी नागरिकले विवाह भएको सात वर्षपछि नागरिकता पाउनुपर्ने निर्णय गरे लगतै तराई मधेशमा फेरि असन्तुष्टि व्यक्त हुन थालेको छ । मधेशको असन्तुष्टिलाई एकमुष्ट सामाधान गर्न सरकारको प्रयास हुनु आवश्यक छ । सात वर्षसम्म अंगिकृत नागरिकताको लागि पर्खिनुले नेपाल भारतबीच रहेको बेटी रोटीको सांस्कृतिक सम्बन्धमा दरार पैदा हुने भएकोले यसले हित गर्दैन भने मत राखेर मधेशवादी दलहरु र नेपाली काँग्रेसले समेत फरक मत मात्रै होइन आन्दोलनको लागि साइत हेर्न थालेको छ ।


नागरिकातको लागि संसदीय समितिमा छलफलको लागि दुई वर्षसम्म अनिर्णय रहेको विषयलाई सबैको सहमतिका सट्ट नेकपाले बहुमतको विधिबाट पास गरेपछि सामाजिक सञ्जाल देखि विभिन्न मिडियाहरुमा सत्ताधारी दलकै नेताहरु क्रमशः मातृका प्रसाद यादव र प्रभु साहको असन्तुष्टि बाहिर आइसको छ । नागरिकता गम्भीर र सम्वेदनशील विषय हो । यस विषयलाई बहुमतले भन्दा सर्व सम्मतले निर्णयमा पुग्न दलहरुबीचको निरन्तरको सम्वाद र छलफल हुन नसक्नु विडम्बना देखियो । आन्दोलनको लागि निहुँ खोजेर आन्दोलन गर्न उकुसमुकुस गरि रहेका दलहरुलाई अनुकूल वातावरण सृजना गरि दिनु सरकारी प्रयास फितलो देखिएकै हो । गम्भीर र महत्पूर्ण विषयहरुमा नेपाल कम्युनिष्ट पार्टीभित्र घनिभूत छलफल र जिम्मेबार हुनुको सट्टा एमसीसी पास गराउन महिनौ देखि घमर्थन भएपनि समर्थन भइरहेको छैन ।


नेपालको सम्बन्ध अन्य मुलुकभन्दा भारतसँगको सम्बन्धमा फरक हुनु स्वभाविक पनि हो । बेटी रोटी र साूकृतिक सम्बन्ध भनेको आत्मीय सम्बन्ध हो । यस सम्बन्धलाई चाहेर पनि तोड्न सकिदैन । तर केहि वर्ष यता भारतीय पक्षबाट नेपाललाई हेप्ने र सीमा अतिक्रमण गर्नुको साथै नाकावन्दी नै लगाएर ऐतिहासिक भूल भएकै हो । नेपालमा विगतका सरकारहरु भन्दा नेकपाको केपी ओलीको सरकार दोश्रो पटक राष्ट्रियताको सवालमा सवल देखिएकै हो । यसलाई अझै सवल र सफल बनाउन सरकारको तर्फबाट फरक दलका फरक मतहरुलाई समेत विश्वासमा लिन जरुरी देखिएको छ । यसको लागि नेकपाभित्र आन्तरिक एकाता मजबूत हुनुपर्नेमा प्रधानमन्त्री ओली आफ्नै दलका शीर्ष नेताचहरुबाट घेराबन्दीमा पर्नुले बहिय शक्तिसँग एकताको लागि पहल गर्नुपर्नेमा आफ्नै घरझगडा सुल्झाउन हम्मेहम्मे पर्नु सुखद पक्ष होइन ।


ओली सरकारलाई राष्ट्रियता जनजीविका, समृद्धि र समाजवादको आधार निर्माण गर्न नयाँ शीराबाट काम गर्न नेपाली जनताले मत दिएकोले यसतर्फ गम्भीर हुनुपर्नेमा आन्तरिक समिकरण मिलाउन नै बढी समय खर्च भइरहेकोले सरकारले चाहेर पनि आफ्ना चुनावी प्रतिवद्धताहरु पुरा गर्न सकिरहेको छैन । प्रधानमन्त्रीले भ्रष्टाचारीको अनुहारै देख्दिन गरेको प्रतिवद्धता समेत संकटमा परिरहेको छ । यति उल्झनका बाबजुद पनि प्रधानमन्त्री ओली राष्ट्रियताको विषयमा अग्नी परीक्षमा सफल हुन उन्मुख देखिनु भएको छ । भारतले लेपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रमा कोरोनाको कहर संसारमा नै तेज भइरहेको वेला सडक उद्घाट्न गरेर नेपालमाथि गरेको प्रहारको ओली सरकारले चोटिलो प्रहार गर्दै नयाँ नक्सा पास गरेर संविधान संशोधन विधेयक पारित गराउन सफल हुनुले नेपाली इतिहासमा ओजिलो दरिलो सहासिक प्रधानमन्त्रीको रुपमा आफ्नो कद बनाउनु भएकै हो ।


विपक्षीलाई समेत राष्ट्रियताको सवालमा एक ठाँउमा उभियाउनु र एउटै स्वरमा नेपाली धर्ती फिर्ताको लागि गरेको कदम नेपाली इतिहासमा अविस्मरणीय रहने छ । नेपाल भारत र चीन दुई भीमकाय मुलुकको बीचमा रहेको नेपाल दुबै देशसँग समदूरीमा रहने वर्तमान सरकारको परराष्ट्र नीति पनि सहि नै रहेको छ । भारतसँग मात्रै निर्भर रहनुले पटक पटकको नाकाबन्दीमा नेपाली जनताले सास्ती भोगेको विगतको अनुभव हामीसँग छ । यतिवेला नेपाल र चीनमा समेत कम्युनिष्ट सरकार भएकोले चीनसँग सम्वन्ध प्रगाढ देखिनु स्वभाविकै भएपनि भारतसँगको सम्वन्धमा खोट र कमि हुनुहुँदैन । तर भारतलाई नेपालको सम्बन्ध चीनसँग सुदृढ भएको कुराले डाह भएको भारतको हेपहा चरित्र उदाङगो भएकै छ ।
समग्रमा वर्तमान सरकार चाहे अनुसारको प्रगतिशील काम गर्न नसकेपनि प्रयासमा कमि राखेको छैन । तर प्रचण्ड–ओलीको एउटै बोली हुनुपर्नेमा यति वेला एमसीसी प्रकरणले आफ्नै आन्तरिक कारण ठूलो समस्या देखिएको हो । अर्को मन्त्री बन्ने आंकक्ष्ीहरु पनि धेरै भएकोले व्यवस्थापन चुनौती भएको हो । आन्तरिक विवाद वाहिर आँउदा विपक्षी र विदेशीहरुले समेत तातो फलाममा चोट हान्न मौकामा चौका हानिरहेको छ । यतिवेला नागरिकताको विषयमा प्रकट भइरहेको असन्तुष्टिलाई शासकीय नजरले होइन, तराई मधेशको सांस्कृतिक सम्बन्धलाई समेत ध्यानमा राखेर अघि वढ्न आवश्यक छ । नक्सालाई संसदमा पास गर्न उपेन्द्र यादव र राजेन्द्र महतो समेत सहमत भयो भने नागरिकातो सवालमा समेत सहमत गराउन सरको प्रयास प्रर्याप्त देखिएन ।


उपेन्द्र यादव ओली सरकारमा सहभागी थियो । यसलाई हल्का रुपमा लिएर सरकारवाट वाहिर जान सरकारले बाध्यात्म अवस्था ल्याएकै कारण आज मधेशमा सरकारप्रतिको आक्रोस समेत व्यक्त भइरहेको छ । जनता समाजवादी पाटी बनाउने काम नेकपाले प्रत्यक्ष रुपमा नै गरेको हो । सरकार संचालनमा भएका कमि कमजोरीहरुलाई सच्चयाएर तराइ मधेशबाट व्यक्त भइरहेको असन्तुष्टिहरुलाई मथ्थर गर्न नेकपा दल र सरकार गम्भीर भएर राष्ट्रियता र नागरिकताको सवालमा सचेत भएर कदम चाल्न आवश्यक छ ।

 

स्वास्थ्य बीमामा सहभ ...

काठमाडौं- स्वास्थ्य बीमा बोर्डको स्वास्थ्य बीमा कार्यक् ...

मधेश विकास नहुनुको प ...

फिरोज सिद्दिकी लहान, चैत ३० गते । उपप्रधानमन्त्री एवम् ...

आज सलहेस फूलवारी मेल ...

लहान, बैशाख १ गते । सलहेस फूलवारी मेला भर्न आएका भक्तजन ...

युथ मुस्लिम वेल फेवर ...

फिरोज सिद्दिकी  लहान। युथ मुस्लिम वेल्फेयर सोसाइट ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A