पर्सा र महोत्तरीबाट ११ लाख ९९ हजार रुपैयाँभन्दा बढीका अवैध सामान बरामद

  • कार्तिक १९, २०८३
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी

सिरहा । सशस्त्र प्रहरी बलले पर्सा र महोत्तरी जिल्लाका विभिन्न स्थानबाट भन्सार छली नेपाल भित्र्याइएका करिब १२ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपालका अनुसार बिहिबार पर्साको वीरगञ्ज महानगरपालिका–२१ स्थित परवानीपुर चोकमा सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले चेकजाँचका क्रममा भारतबाट अवैध रूपमा भन्सार छली ल्याइएका सामान बरामद गरेको हो।

बरामद सामानमा अमूल बटर, ड्राक्ट चकलेट र छोकडा रहेका छन्। ती सामान ढुवानीमा प्रयोग गरिएको ई–रिक्सासहित कुल ६ लाख ४४ हजार ३२० रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।

त्यसैगरी, सोही दिन महोत्तरीको जलेश्वर नगरपालिका–४ स्थित सुगा क्षेत्रमा मटिहानी–जलेश्वर सडकखण्डमा चेकजाँच गर्ने क्रममा सीमा सुरक्षा गुल्म जलेश्वरबाट खटिएको टोलीले अवैध रूपमा भन्सार छली ल्याइएका लत्ताकपडा बरामद गरेको छ।

बरामद लत्ताकपडा ढुवानीमा प्रयोग गरिएको सिटी रिक्सासहित ५ लाख ५५ हजार रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिइएको छ। प्रहरीले सिटी रिक्सा चालकलाई समेत नियन्त्रणमा लिएको जनाएको छ।

दुवै स्थानबाट बरामद सामानको कुल मूल्य ११ लाख ९९ हजार ३२० रुपैयाँ रहेको छ। बरामद सामान तथा सवारीसाधन आवश्यक कानुनी प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरी बलले जनाएको छ।

सीमावर्ती क्षेत्रमा हुने अवैध चोरी पैठारी नियन्त्रण तथा राजस्व चुहावट रोक्न सशस्त्र प्रहरीले निगरानी र चेकजाँचलाई तीव्र बनाएको जनाएको छ।

ट्रक र मोटरसाइकल ठोक ...

फिरोज सिद्दिकी सिरहा । सिरहा–चोहरवा सडकखण्डअन्तर ...

भन्सार छलीका सामानसह ...

फिरोज सिद्दिकी सिरहा। सिरहाको गोलबजारबाट प्रहरीले भन्स ...

एक महिनाभित्र सबै स् ...

काठमाडौं । सरकारले आगामी एक महिनाभित्र देशभरका सबै स्था ...

२५ करोडको कारोबार र ...

फिरोज सिद्दिकी  लहान, १३ कार्तिक । मधेश प्रदेशको ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A