अदालतबाट हतकडी फुत्काएर फरार भएका थुनुवा भारत सीमा क्षेत्रबाट पक्राउ

  • कार्तिक १४, २०८३
  • समृद्धिपथ
alt

सिरहा । सिरहा जिल्ला अदालत परिसरबाट हतकडी फुत्काएर फरार भएका लागूऔषध मुद्दाका एक थुनुवा पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सिरहा नगरपालिका–१४ खिरौनाका १९ वर्षीय सतिस दास रहेका छन्। उनी गत असोज २१ गते ब्राउन सुगरसहित पक्राउ परेका थिए।

असोज २२ गते सिरहा जिल्ला अदालतबाट २० दिनको म्याद थप गरी फर्काउने क्रममा अदालत परिसरबाटै हतकडी फुत्काएर उनी फरार भएका थिए।

फरार दासको खोजी गर्ने क्रममा प्रहरीले कात्तिक बिहीबार राति सिरहा नगरपालिका–१४ खिरौनास्थित नेपाल–भारत दशगजा क्षेत्रबाट उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले विशेष सूचनाका आधारमा उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याएको प्रहरीले जनाएको हो। पक्राउ परेका दासमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिएका छन्।

समाचार लेखेकै कारण प ...

फिरोज सिद्दिकी  लहान । सिरहामा तस्करीसम्बन्धी भिड ...

सिरहाको सीमावर्ती क् ...

सिरहा, १२ कात्तिक। सिरहाको सीमावर्ती क्षेत्रबाट सशस्त्र ...

सीमावर्ती क्षेत्रबाट ...

सिरहा । सशस्त्र प्रहरी बलले सिरहा जिल्लाका विभिन्न सीमा ...

सिरहाको सीमावर्ती क् ...

सिरहा । सिरहाको सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले ८ ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A