सिरहा । सिरहाको सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले ८ लाख रुपैयाँभन्दा बढी मूल्यका प्रतिबन्धित आतसबाजी (पटका) बरामद गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाबाट खटिएको टोलीले २०८३ कात्तिक १० गते सीमावर्ती क्षेत्रबाट ८ लाख ४ हजार ५ सय रुपैयाँ बराबरका प्रतिबन्धित पटका बरामद गरेको हो।
बरामद गरिएका पटका प्रचलित कानुनबमोजिम नष्ट गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ।
तिहार तथा छठजस्ता पर्व नजिकिँदै गर्दा सीमावर्ती क्षेत्रमा प्रतिबन्धित पटका ओसारपसार हुन सक्ने भएकाले सुरक्षा निकायले निगरानी बढाएका छन्।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A