जीवछ उदासी
असोज ३१ गते
लहान नगरपालिका वडा नम्वर १५ ढोडनामा रहेको राजदेवी मन्दिरमा सिरहा -१ का सांसद बब्लु गुप्ता र लहान नगर उपप्रमुख राम चलितर महतोले १०१ किलो लडु चढाएर संयुक्त रुपमा पुजा गर्नु भएको छ ।
सिरहा -१ बाट बब्लु गुप्ता चुनावमा जित निकाले १०१ किलो लडु चढाएर पूजा गरिने भाकल लहान नगर उपप्रमुख राम चलितर महतोले गर्नु भएको थियो । भाकल पुरा भएकोले सांसद गुप्ता सहित राजदेवीमा पुजा गरेर लडु चढाएर पुजा गर्नुभयो ।
आज विहान ९ बजे राजदेवी मन्दिर पुगेर सांसद गुप्ता र उपप्रमुख महतोले यस मन्दिरमा भाकल पुरा गरेपछि सत्यको जीत र मानव कल्याण हुने भएकोले गरिएको भाकल पुरा हुने गरेको विश्वास व्यक्त गर्नुभयो ।
पुजा गर्न पुग्नु भएको सांसद गुप्तासँग सञ्चारकर्मीहरुले लहानमा रहेको धार्मिक पर्यटन क्षेत्रमा पर्ने राजदेवी सलहेस फूलवारी लगायतका धार्मिक स्थलहरुको विकासबारे राखिएको जिज्ञासामा उहाँले भन्नुभयो,’धार्मिक पर्यटकीय स्थलहरुको विकासले लहानको विकासमा टेवा पुग्ने भएकोले संघीय सरकारबाट आवश्यक संरचना सडक निर्माण र पुल निर्माणको कार्यलाई अघि बढाउन पहल गरिरहेको छौ । ‘
वर्तमान सरकारले गफ कम र काम बढी गर्ने संस्कृति बसाउन थालेको सांसद गुप्ताले थप्नुभयो,” धार्मिक पर्यटकीय स्थलहरुको विकासको क्रममा सलहेस फूलवारी राजदेवी मन्दिर,पकडियागढ र मानिकदह प्राथमिकतामा रहेको बताउनुभयो ।
राजदेवी मन्दिरमा पूजा गरेर फर्किने क्रममा भोटेकोसीमा आएको बाढीमा रसुवामा लहान -१५ का इन्जिनियर मुकेश कुमार चौधरीको आमा बुबालाई भेटेर सान्त्वना दिनु भएको थियो ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A