'हामी आउँदैछौ' रास्वपाको अभियान लहानमा सम्पन्न

  • असोज २२, २०८३
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

लहान,असोज २२ गते 

स्थानीय चुनावको तयारी र संगठनात्मक संरचना सुधारको लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सञ्चालन गरिरहेको 'हामी आउँदैछौ' अभियान सिरहाको लहानमा सम्पन्न भएको छ । 

अभियानको प्रमुख अतिथि रास्वपा सांसद राजेश कुमार चौधरीले सम्बोधन गर्नुभयो । सम्बोधनको क्रममा सांसद चौधरीले स्थानीय चुनाव लक्षित यो अभियानले संगठनमा उर्जा भर्ने र स्थानीय चुनावको लागि पार्टीले गठन गरिएको क्यान्डिडेइट क्लवबारे प्रष्ट्याउनु भयो । उहाँले भन्नुभयो,' पार्टीले योगदान इमानदारी र पार्टीको जग मजबुत गर्नुको साथै स्थानीय तहको सरकार सञ्चालन गरेर जनतालाई सुशासन र विकासको प्रत्याभूति गराउन सक्ने उम्मेदबार चयन गर्ने पार्टीको नीति छ ।' 

रास्वपाले देशमा सुशासन र विकासको लागि पाएको जनमत स्थानीय तहमा पनि ल्याउन हरेक नेता कार्यकर्ताले जनताको मन जित्ने गरी काम गर्न उहाँले आग्रह गर्नुभयो । 

कार्यक्रममा लहान नगरपालिका उपप्रमुख राम चलितर महतो नेता अच्चमित लाल चौधरी ,खुश्वु जयसवाल अरविन्द महरा र जिल्ला अध्यक्ष हरि मैनालीले स्थानीय नेता कार्यकर्ताले सोध्नु भएको जिज्ञासाको जवाफ दिनु भएको थियो । सुभाष चौधरी,चेतन मुरारका नगर सचिव जितेन्द्र राय माननीय बब्लु गुप्ताको सचिवालय सदस्य कृष्णा यादव लगायका नेताहरुको सक्रियतामा सम्पन्न कार्यक्रमको अध्यक्षता नगर सभापति लभ कुमार मण्डलले गर्नु भएको थियो । 

 

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

५ ग्राम ब्राउन सुगरस ...

सिरहा । सिरहाको कर्जन्हा नगरपालिका–२ बन्दीपुरबाट ...

जितिया पर्व सुरु, सन ...

लहान । सन्तानको दीर्घायु, सुस्वास्थ्य, सफलता तथा पारिवा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A