जीवछ उदासी
लहान,असोज २१ गते
चाडपर्वको समयमा सिरहामा शान्ति सुरक्षा चुस्त दुरुस्त पार्ने जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ ।
सरुवा भइ सिरहा जिल्ला प्रशासन कार्यालय सिरहामा हाजिर हुनु भएको प्रमुख जिल्ला अधिकारी शान्तिराज प्रसाइले सिरहाका सञ्चारकर्मीहेुसँग आयोजित भेटघाटमा यस्तो बताउनु भएको छ ।
जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था बुझ्न र आवश्यक सल्लाह सुझावको लागि सबभन्दा पहिले सञ्चारकर्मीहरुसँग भेटघाट गरेर शान्ति सुरक्षा कायम गर्न पाँच बुँदे कार्यक्रम लागु गरिने प्रजिअ प्रसादले विश्वास व्यक्त गर्नुभयो ।
सुरक्षा समितिको संयोजकको हैसियतले चाडपर्वको समयमा उत्पन्न हुने शान्ति सुरक्षाको चिनौतीलाई मध्यनजर गरी शान्ति भङ्ग हुने ठाउहरुमा प्रहरी हस्ती बढाउने,सुशासनको प्रत्याभूति जिल्ला प्रशासन कार्यालयबाटै गराउने,यस कार्यालय मातहतका निकायहरुलाई उच्च मनोवल को साथ काम गर्न लगाउने ,विकास निर्माणकार्यमा सहयोग गर्ने विचौलियामुक्त कार्यालय बनाउने समाजका विभिन्न तह तप्काका जिम्मेवार व्यक्ति र समूहसँग मिलेर काम गर्ने र चाडपर्वको समयमा हुने तशकरी नियणत्रण र मुख्य राजमार्गमा हुने बन्द हडतालको कार्य हुन नदिइने तयारीमा लागेको प्रजिअ प्रसादले बताउनुभयो ।
भेटघाट र सल्लाह सुझावको लागि सहभागी सिरहाका सञ्चारकर्मीहरुले विगतका समयमा पनि जिल्लामा आउने प्रजिअहरुले सञ्चारकर्मीसँग छलफल गर्ने र सल्लाह सुझाब लिएपनि पछि यश्करहरुसँग साँठगाँठ गरेर भुई मान्छेको समस्या नसुन्ने दक्षिणमा भारतीय सिमासम्म जोडिएको क्षेत्रमा तश्करहरुलसई बचाउने उत्तरी क्षेत्रमा चुरे दोहन र उत्खनन गर्नेहरुसँग मिलेर जिल्लामा सुशासन हुन नसकेको सिरहाका वरिष्ट पत्रकार अर्जुन थपलियाले सचेत गराउनुभयो ।
सिरहाको लहान,गोलबजार मिर्चैया र सिरहाको सहरी क्षेत्रमा चाडपर्वको समयमा बजार अनुगमनबारे के तयारी रहेको जिज्ञासामा प्रजिअ प्रसाइले भन्नुभयो,’ आज र भोली दुई दिनमा जिल्लाका बिभिन्न निकायसँग घछलफल अन्तरक्रिया गरेर बजार अनुगमनको कार्यलाई तिव्रता दिइनेछ । यसको लागि सुरक्षा समयन्त्रलाई परिचालन गरिनेछ ।’
सिरहाको १७ वटै पालिकाहरुमा शान्ति सुरक्षाको मुख्य चुनौती रहेको धार्मिक द्वेषलाई समेत ध्यानमा राखेर शान्ति सुरक्षाको योजनाबारे पुर्ण तयारी भएको सिरहा प्रहरी प्रमुख उपरीक्षक बासुदेव पाठकले आश्वस्त पार्नुभयो ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A