लहान, सिरहा । सिरहाको लहान नगरपालिका वडा नम्बर ७ को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको छ। नगर प्रमुख महेश प्रसाद चौधरीले भवनको उद्घाटन गरेका हुन्।
वडा अध्यक्ष राम अवतार शर्माको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा वडावासीहरूको उपस्थिति रहेको थियो।
नवनिर्मित भवनबाट स्थानीय नागरिकलाई सहज, सुलभ, छरितो तथा प्रभावकारी रूपमा सेवा प्रवाह गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। व्यवस्थित भौतिक पूर्वाधारसहितको नयाँ भवनले वडा कार्यालयको प्रशासनिक कार्यसम्पादनलाई थप प्रभावकारी बनाउनुका साथै सेवाग्राहीलाई सेवा लिन सहज वातावरण उपलब्ध गराउने विश्वास लिइएको छ।
नयाँ भवन सञ्चालनमा आएसँगै वडाबाट प्रदान गरिने सार्वजनिक सेवालाई थप व्यवस्थित र नागरिकमैत्री बनाउने अपेक्षा गरिएको छ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A