सिरहा । सशस्त्र प्रहरी बलले सिरहा जिल्लाका विभिन्न सीमावर्ती क्षेत्रबाट भन्सार छली भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ८ लाख रुपैयाँभन्दा बढी मूल्यका सामान बरामद गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाबाट खटिएको टोलीले २०८३ कात्तिक ११ गते विभिन्न सीमावर्ती क्षेत्रबाट भन्सार छली गरी ल्याइँदै गरेका लत्ताकपडा, तरकारी, रजनीगन्धा तथा किराना सामान बरामद गरेको हो।
बरामद गरिएका सामान ढुवानीमा प्रयोग गरिएको मोटरसाइकलसमेत गरी कुल ८ लाख ४२ हजार ३ सय ५५ रुपैयाँ बराबरको रहेको सशस्त्र प्रहरी बलले जनाएको छ।
सीमावर्ती क्षेत्रबाट अवैध रूपमा सामान भित्र्याउने क्रममा बरामद गरिएका सामग्री तथा ढुवानीमा प्रयोग गरिएको मोटरसाइकल आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ।
सीमावर्ती क्षेत्रमा हुने भन्सार छली तथा अवैध सामान ओसारपसार नियन्त्रण गर्ने उद्देश्यले सशस्त्र प्रहरीले निगरानी र गस्तीलाई निरन्तरता दिँदै आएको छ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A