डकैतीमा संलग्न चार जना हतियारसहित पक्राउ

  • फागुन १०, २०८२
  • समृद्धिपथ
alt

सिरहा, १० फागुन । गोली प्रहार गरी डकैती गर्ने घटनामा संलग्न चार जनालाई हतियार तथा लागुऔषधसहित सिरहा प्रहरीले पक्राउ गरेका छन्।

अनुसन्धानका क्रममा पक्राउ पर्नेमा लहानका लाल मोहमद अन्सारी, मोहमद गुलाब अन्सारी, मो. एकवाल मियाँ र अमरप्रकाश पासवान रहेको जनाएका हुन्।

जिल्ला प्रहरी कार्यालय सिराहाले प्रेस विज्ञप्ति जारी गर्दै जनाए अनुसार २०८२ मंसिर ३ गते राति सिरहाको कल्याणपुर नगरपालिका–१२ बेल्हाकट्टीस्थित भोला महतोको घरमा ८/१० जना नकाबधारी व्यक्तिहरूले प्रवेश गरी ज्यान मार्ने धम्की दिँदै करिब १ तोला सुन, ९६ तोला चाँदी, मोबाइल र ड्रोन क्यामेरा लगायत करिब ६ लाख रुपैयाँ बराबरको धनमाल लुटेर फरार भएका थिए।

भाग्ने क्रममा स्थानीय बिरेन्द्र महतो र उनका छोरा अनिल कुमार महतोले प्रतिकार गर्दा डकैत समूहले अन्धाधुन्ध फायरिङ गरेको थियो। गोली लागेर दुवै गम्भीर घाइते भएका थिए।

प्रहरीले दुई थान कटुवा बन्दुक, चार राउण्ड लाइभ गोली र ३० ग्रामभन्दा बढी खैरो हेरोइन जस्तो पदार्थ बरामद गरेको जनाएको छ। पक्राउ परेकामाथि डाँका, ज्यान मार्ने उद्योग, हातहतियार तथा खरखजाना र लागुऔषध मुद्दामा सिरहा जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ।

घटनामा प्रयोग भएको अटो रिक्सा नियन्त्रणमा लिइएको छ भने अन्य संलग्न व्यक्तिको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A