आँखा उपचार शिविर लगतै दोश्रो चरणमा पाठेघरसम्बन्धी निःशुल्क शिविर : नगरप्रमुख साह

  • फाल्गुन २८, २०७७
  • समृद्धिपथ
alt


जिवछ उदासी
लहान,फागुन २८ गते । लहान नगरप्रमुख मुनि साहले आँखाका विरामीहरुको निःशुल्क उपचार एकदिने शिविर सम्पन्न सम्पन्न भएपछि दोश्रो चरणमा पाठेघर सम्बन्धी शिविर सञ्चालनमा आउने बताउनु भएको छ । विलट साह रौनियार होमियोपैथिक अस्पताल लहान–५ मा एक दिवसीय आँखा उपचार शिविरलाई उदघाट्न गर्नु हुँदै उहाँले यस्तो बताउनु भएको हो ।


स्वास्थ्य नागरिकबाट मात्रै हाम्रो ‘लहान, समृद्ध लहान’को नारा सम्पन्न हुने भएकोले लहान नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै आएको प्रमुख साहले प्रष्टयाँउदै भन्नुभयो,‘लहान नगरपालिकामा रहेको सगरमाथा चौधरी आँखा अस्पतालले गरिरहेको उपचारबाट अन्य देशका नागरिकहरुले सेवा लिइरहेको भएपनि लहानकै नगरवासीहरु आँखा सम्बन्धी रोगको उपचारको लागि अस्पतालसम्म नपुग्नु विडम्बना हो । यसबारे प्रचारप्रसार गर्नपनि आँखा शिविरको आयोजना गरिएको छ ।’

eye shibir news.photo 2

एक दिने आँखा शिविरबाट शल्यक्रिया गराउनुपर्ने विरामीहरुको अस्पतालमा उपचार गर्न लाग्ने सबै शुल्क लहान नगरपालिकाले नै उहाँले भन्दै दोश्रो चरणमा पाठेघर सम्बन्धी विरामीहरुको उपचार र शल्यक्रिया लहान गराउन निःशुल्क स्वास्थ्य शिविर चाँडै हुने जानकारी गराउनुभयो ।

eye shibir news.photo 4
आँखा शिविर सञ्चालन गरेर लहान नगरपालिकाले राम्रो कार्य गरेको लहान–८ का आँखा जाँच गराउन आएका महावीर यादवले भन्दै यस शिविरबाट गरीव दलित र ज्येष्ठ नागरिकलाई ठूलो राहत मिलेको खुसी व्यक्त गर्नुभयो ।
आँखा शिविरको उद्घाट्न कार्यक्रममा चौधरी आँखा अस्पताल लहानका अध्यक्ष रविन्द्रलाल चौधरी र सफटेक कलेजका प्रमुख डा. महादेव साहले ढिलै भएपनि लहान नगरपालिकाले जनसेवी कार्यक्रम गर्न लागेको भन्दै शिक्षा स्वास्थ्यलाई विकासको प्रथमिकतामा राख्नुपर्ने सुझाव दिनुभयो ।

eye shibir news.photo 3
लहान नगरपालिका स्वास्थ्य शाखाका प्रमुख राम सुन्दर यादवका अनुसार एक दिवसीय आँखा जाँच शिविरमा २६० जनाले उपचार गराएकोमा ७५ जनामा मोतियाविन्दका विरामी फेला परेका छन् भने पाठे घरसम्बन्धी शल्यक्रिया गराउनुपर्ने दुई सय विरामीहरुको लागि लहान नगरपालिकाको तीन ठाँउमा चैत ११,१२ र १३ गते शिविर सञ्चालनमा आउने जानकारी दिनुभयो ।


शुक्रबार लहान–५ मा सञ्चालन भएको शिविर उदघाट्न कार्यक्रमको अध्यक्षता लहान–५ का वडाध्यक्ष मोहम्मद सुलेमान अन्सारीले गर्नु भएको कार्यक्रमको सञ्चाल लहान नगरपालिकाका कर्मचारी लखनलाल साहले गर्नु भएको थियो ।

 

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

कति उपलब्धिमुलक रह्य ...

काठमाडौँ, १२ वैशाखः कतारका अमिर शेख तमिम विन हमाद अल था ...

राष्ट्रपतिद्वारा कता ...

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A