गठबन्धनलाई परास्त गर्ने उम्मेदबार उठाउँछौ : लिलानाथ श्रेष्ठ

  • भदौ १९, २०७९
  • समृद्धिपथ
alt

 

जीबछ उदासी 

लहान,भदौ १९ गते । 

नेकपा एमालेको पोलिट्ब्यूरो सदस्य तथा मधेस प्रदेशका सह इन्चार्ज लिलानाथ श्रेष्ठले गठबन्धनलाई परास्त गर्ने उम्मेदबार उठाउने बताउनु भएको छ । 

सिरहा -१ नम्बर क्षेत्रको निर्वाचन समन्वय समितिको भगवानपुरमा आयोजित उम्मेदबार सिफारिस बैठकलाई सम्बोधन गर्दै यस्तो बताउनुभयो । 

नेकपा एमालेले अर्थ,संगठन र व्यक्तित्वलाई ध्यानमा राखेर गठबन्धनलाई परास्त गर्ने उम्मेदबार सिरहा- १ को संघीय (क) र (ख) मा पनि सर्वसम्मतबाट उम्मेदबार चयन गरेर शुभ संकेत (बोहनी) गर्न सबैमा आग्रह गर्दै चुनाव हार्ने छुट नरहेको प्रष्टयाउनुभयो । 

नेता श्रेष्ठले भन्नुभयो,'नेकपा एमाले राष्ट्रियता र समृद्धिको पक्षमा एमाले उभिएको छ राष्ट्रघाती र भ्रष्टाचारीको झुण्ड पाँचदलीय गठबन्धन भएकोले चुनाव एमालेले जित्ने निश्चित छ । एमालेको नेता कार्यकर्ता दिनरात एक गरेर चुनाव जित्न संकल्प लिएर अघि बढ्नुपर्छ ।' 

सिरहा इन्चार्ज गङ्गा प्रसाद यादव,सिरहा अध्यक्ष चन्देश्वर मण्डल लगायत नेताहरुले सम्बोधनपछि सिरहा -१ संघीय सांसदको लागि राम शङ्कर यादवको नाममा सहमति जुटेको थियो । 

गङ्गा प्रसाद यादवले गरेको त्यागले राम शङ्कर यादव सर्वसम्मत उम्मेदबार सिफारिस भएपछि उपस्थित नेता कार्यकर्ताहरु खुसी भएर ताली बजाएर समर्थन गरेको थियो । 

सिरहा -१ क बाट राजेन्द्र प्रसाद चौधरी,राम नारायण महतो,इन्द्र नारायण चौधरी,प्रदिप चौधरी र यमुना खनालको नाम सिफारिस भएको छ भने ख बाट राम सुन्दर यादव,जीवछ यादव उदासी,दिपेन्द्र प्रसाद चौधरी,गेनालाल यादव,चन्देश्वर साह र विभा कुमारी यादवको नाम प्रस्तावित भएको छ । 

 

 

 

 

कति उपलब्धिमुलक रह्य ...

काठमाडौँ, १२ वैशाखः कतारका अमिर शेख तमिम विन हमाद अल था ...

राष्ट्रपतिद्वारा कता ...

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल ...

राष्ट्रपति पौडेल र क ...

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवाय ...

सिरहाको सलहेश भोजपुर ...

भोजपुर, ११ वैशाख : डाँगीहाट युथ क्लब मोरङलाई ४-० गोल अन ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A