रौतहटमा गोली चल्दा एक जनाको मृत्यु

  • बैशाख ३, २०८०
  • समृद्धिपथ
alt

रौतहट, २ वैशाख । रौतहटको गढीमाइ नगरपालिकामा सडक सम्बन्धी विवादका क्रममा दुई समूहबीच झडप हुँदा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् ।

गोली लागेर गढीमाइ नगरपालिका-८ का ५० वर्षीय राजकुमार राय यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । यादवको वीरगन्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । अन्य चार जना घाइतेको उपचार भइरहेको छ ।

घटनामा संलग्न भएको आशंकामा १० जनाभन्दा बढीलाई नियन्त्रणमा लिइसकेको र सीमा क्षेत्रमा कडाइ गरिएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार गाउँमा सडक कहाँ बनाउने भन्ने विषयमा एकै गाउँका दुई समूहबीच विवाद चर्किँदै गर्दा झडप लिएको बताइएको छ ।

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

कति उपलब्धिमुलक रह्य ...

काठमाडौँ, १२ वैशाखः कतारका अमिर शेख तमिम विन हमाद अल था ...

राष्ट्रपतिद्वारा कता ...

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A