सिरहामा खानेपानी कार्यालयका सुरक्षा गार्डको हत्या

  • असार ११, २०८०
  • समृद्धिपथ
alt

सिरहा । सिरहाको साना सहरी खानेपानी तथा सरसफाइ कार्यालयका सुरक्षा गार्डको घाँटी रेटी हत्या भएको छ ।

मिर्चैयास्थित खानेपानीको कार्यालयमा ८ महिनादेखि कार्यरत सोही नगरपालिका–८ का किशोरी रायको हत्या भएको हो ।

सोमबार बिहान संस्थाका सचिव डिकाराम पोखरेल कार्यालय पुग्दा रायलाई रगताम्मे अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी पुग्दा उनको मृत्यु भइसकेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

रातिको समय ड्युटीमा रहेका उनको घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी बस्नेतले जनाए । 

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

कति उपलब्धिमुलक रह्य ...

काठमाडौँ, १२ वैशाखः कतारका अमिर शेख तमिम विन हमाद अल था ...

राष्ट्रपतिद्वारा कता ...

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A