सुचनाको हक प्रयोग गरी लहान नगरपालिकासंग मागियो कामकाजको विवरण

  • श्रावण ३, २०८०
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी,

लहान । सिरहाको लहान नगरपालिकासंग सूचनाको हक प्रयोग गरेर सूचना माग गरिएको छ । लहान ७ का पूर्व वडाध्यक्ष राकेश कुमार गुप्ताले लहान नगरपालिकाले एक वर्षमा गरेका कामबारे जानकारी लिन सूचनाको हक प्रयोग गरी विभिन्न विषयमा सूचना माग गरेको हो ।

मागिएका सूचनामा २०७९/०८० मा लहान नगरपालिकाको नगरसभाबाट पारित नगर सरसफाई शीर्षकको रकम ५० लाखको सम्पूणर् विवरण जसमा दैनिक ज्यालादारीमा खट्ने कर्मचारीहरुको नामसहित भुक्तानी विवरण तथा बाँकी रकमको छुट्टाछुट्टै शीर्षक अनुसारको खर्च विवरणको माग गरिएको छ ।

यसैगरी, आव २०७९/०८० मा लहान नगरपालिकाको नगरसभाबाट पारित लहान वडा नम्बर ७ को सिलिङ्ग रकम रु. ५० लाखको छुट्टाछुट्टै शीर्षक अनुसारको खर्च विवरण उपलब्ध गराई दिन माग गरिएको छ ।

नेपालको संविधानको धारा २७ तथा सूचनाको हक सम्बन्धि ऐन, २०६४ को दफा ७ को उपदफा १ र २ अनुसार जनताको जान्न पाउनु पर्ने हकको सम्वर्धनका लागि सूचना माग गरिएका हो । विगत एक वर्षदेखि लहान नगरपालिका भ्रष्टाचारको अखाडा बन्दै गएको जनगुनासो बढ्दै गएको छ ।

rakesh

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

कति उपलब्धिमुलक रह्य ...

काठमाडौँ, १२ वैशाखः कतारका अमिर शेख तमिम विन हमाद अल था ...

राष्ट्रपतिद्वारा कता ...

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A