आन्दोलनरत्त शिक्षकहरुको माग पुरा होस् : राजेन्द्रप्रसाद चौधरी

  • आश्विन ११, २०८०
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

लहान,असोज ११ गते । 

सिरहा -१ क प्रदेशसभा सदस्य राजेन्द्र प्रसाद चौधरीले नौ दिनदेखि राजधानी केन्द्रित आन्दोलन गरिरहेको मागलाई पुरा गर्नुपर्ने बताउनु भएको छ । 

 आज नौ दिनदेखि विद्यालय घर जिल्ला छाडेर राहत बालविकास पेन्सन बञ्चित र प्लस टु अनुदान कोटाका शिक्षकहरु स्थायीको माग गर्दै गरि रहेको आन्दोलन जायज रहेकोले सरकारले पुरा गर्नुपर्ने उहाँले बताउनुभयो । 

'स्थायी नहुँदा मनोबल कमजोर र निरास रहेका शिक्षकहरुको माग जायज छ । आन्दोलन गरेरै माग पुरा गराउनुपर्ने अभ्यासपनि ठिक भएन । वर्षौदेखि काम गरिरहेका शिक्षकहरुलाई स्थायी गर्ने बुँदा शिक्षा विधेयकमा आउनुपर्दथ्यो,त्यो नआउनु कमजोरी हो,माननीय चौधरीले जोडदिनुभयो । 

सिरहाबाट सङघमा प्रतिनिधित्व गर्नुहुने मानीयहरुले यस विषयमा आवाज उठाउनुको साथै आन्दोलनरत शिक्षकहरुको राजधानीमा खाना र आवासको समेत व्यवस्थापनमा लाग्नुपर्ने ध्यान आकर्षित गराउनुभयो । 

शिक्षक महासङ्घले राहत बालविकास पेन्सन बञ्चित र प्लस टु का शिक्षकहरुको माग छाडेर सरकारसँग वार्ता गरेर सम्झौता गरेको भोलिपल्टदेखि निरन्तर आन्दोलन गर्दै आइरहेका छन् । 

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

कति उपलब्धिमुलक रह्य ...

काठमाडौँ, १२ वैशाखः कतारका अमिर शेख तमिम विन हमाद अल था ...

राष्ट्रपतिद्वारा कता ...

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A