माओबादी अभियानको क्रममा 'रक्तदान'

  • आश्विन १४, २०८०
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

घरघरमा माओवादी जनजनमा माओवादी विशेष रुपान्तरण कार्यक्रम अन्तर्गत नेकपा माओवादी लहान नगरकमिटिको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य विशेष रुपन्तरण कार्यक्रमका विशेष जिम्मेवारी लिएर अभियानको संयोजक अमर मण्डलले माओवादी जनताको एजेन्डा मुद्दा लिएर अघि बढ्ने बताउनुभयो । नेता मण्डलले भन्नुभयो,'माओवादी सकिने कि सप्रिने मोडमा पुगेकोले शुन्यताबाट फेरि उठन अभियान मार्फत अघि बढेका छौ । माओवादी कमजोर भए गरीव दलित उत्पीडित जनताको अधिकार पुरा हुने छैन ।

FB_IMG_1696142929775

 आइतबार विहान सम्पन्न रक्तदान कार्यक्रममा ६० जना सहभागिता जनाएको लहान नगरकमिटि अध्यक्ष हेमन्त कुमार यादवले जानकारी दिनुभयो । रक्तदान कार्यक्रममा वाइसियल जिल्ला अध्यक्ष विवेक परियार,प्रदेश कमिटि सदस्य सुरेन्द्र साह,जिल्ला कमिटि सदस्य सुधा यादव,जिल्ला कमिटि सदस्य देव नारायण महतो,गणेश चौधरी र विजय गुप्ता लगायतका नेताहरुले समेत रक्तदान गरेका थिए ।

 

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

कति उपलब्धिमुलक रह्य ...

काठमाडौँ, १२ वैशाखः कतारका अमिर शेख तमिम विन हमाद अल था ...

राष्ट्रपतिद्वारा कता ...

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A