लहान । जनआस्था साप्ताहिकका पत्रकार सन्तोष बराइलीमाथि समाचार संकलनका क्रममा भएको कुटपिट र दुर्व्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघ सिरहा शाखाको ध्यानाकर्षण भएको जनाएको छ।
गत असोज १३ गते साँझपख पत्रकार शम्भु यादवसँग ‘कान्छा होटल’ मा नेपाली कांग्रेसका स्वर्गीय नेता प्रदीप गिरीको स्थानीय सर्वसाधारणसँग स्थापित सम्बन्ध र साधारण जीवनशैलीबारे कुराकानी भइरहँदा प्रेस युनियन नेपाल, सिरहाका अध्यक्ष भरत जर्घामगरले बराइलीमाथि दुर्व्यवहार गरेको महासंघ सिरहा शाखाले जनाएको हो ।
महासंघले स्वतन्त्रतापूर्वक सञ्चार कर्ममा जुटेका पत्रकारलाई कुटपिट र दुर्व्यहार गर्नेमाथि कानुनबमोजिम कारबाही गरी प्रेसलाई निर्वाध र सुरक्षित रूपमा काम गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।
सिरहामा भईरहेको प्रेस स्वतन्त्रता विरोधी गतिविधि उपर गम्भीर ध्यानाकर्षण गराउदै पत्रकारलाई स्वतन्त्रतापूर्वक बाँच्न र लेख्न दिने संवैधानिक अधिकारको रक्षाका लागि सबैसंग अनुरोध गरेका छन् ।
पत्रकार बराइलीका अनुसार लहान नगर प्रमुख महेश प्रसाद चौधरीको इसारामा जर्घामगर योजनाबद्ध ढंगले आफूविरुद्ध परिचालन भएको छ । बराइलीले उनलाई स्पष्टीकरण सोधी कानुनबमोजिम कारबाही गर्न सरोकारवाला निकायसँग माग गरेका छन् ।
विगत केही दिनदेखि पत्रकार बराइली लहान नगरपालिकाको घटना र बेतिथीका बारेमा समाचार लेख्दै आएका थिए ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2023 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A