प्रदेशका कुनैपनि बालबालिका विद्यालय बाहिर रहँदैन : शिक्षामन्त्री यादव

  • कार्तिक २४, २०८०
  • समृद्धिपथ
alt


जीवछ उदासी

मधेश प्रदेशका शिक्षा मन्त्री महेश प्रसाद यादवले कुनैपनि बालबालिका विद्यालय बाहिर नरहने बताउनु भएको छ ।

मधेश प्रदेश शिक्षा मन्त्रालयले आयोजना गरेको वृहत्त शिक्षा सम्मेलनलाई सम्बोधन गर्ने क्रममा उहाँले यस्तो बताउनु भएको हो ।

चार वर्षमा साक्षर प्रदेश बनाउने र अगामी दुई वर्षमा कुनैपनि बालबालिका विद्यालय बाहिर नरहने गरी मधेश प्रदेशले योजनावद्धरुपमा काम गर्नुपर्ने बताउनुभयो । सम्मेलनमा मधेश प्रदेशका स्थानीय तहका प्रतिनिधिहरुलाई अगामी वर्षको बजेट बनाउँदा कम्तिमा १५ प्रतिशत बजेट शिक्षामा छुटयाउनैपर्ने आग्रह गर्दै मन्त्री यादवले तीनै तहका सरकार समन्वय गरेर शिक्षाको स्तर सुधार गर्न लाग्नुको विकल्प नरहेको तर्क गर्नुभयो ।

दोस्रो कार्यकालमा स्थानीय र प्रदेश सरकार मिलेर जनतालाई प्रत्याभूति हुनेगरी शिक्षामा कार्य गर्न सकेनौ भने संघीयताप्रति नै वितृष्ण जाग्ने खतरालाई ध्यानमा राखेर भाषणभन्दा काममा जोड दिनुपर्ने उहाँले जोड दिनुभयो । मधेश प्रदेशमा शिक्षामा पनि कमिसनको खेल भइरहेको धेरै गुनासो आइसककेो मन्त्री यादवले भन्दै अब त्यस्ता कमिसन लिइने दिइनेहरुको शिक्षा मन्त्रालयमा कुनै गुन्जाइस नरहेको प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले थप्नुभयो,‘स्थानीय सरकारका प्रमुख उपप्रमुख सबै जनप्रतिनिधिहरु आफ्नो पालिकालाई साक्षरपालिका घोषणा गर्न अहोरात्र काम गरौ र निष्ठापूर्वक लागौ ।’

सम्मेलनबाट पारित गरेको घोषणपत्रमा तिनै तहको सरकारले समन्वय गरेर शिक्षामा सुधार ल्याउने,औपचारिक अनौपचारिक क्षेत्र मिलेर दुई वर्षमा बालबालिकाहरु विद्यालय बाहिर नरहने,चार वर्षभित्र साक्षर प्रदेश घोषणा गर्ने,गुणस्तरीय शिक्षाको लागि शिक्षा बजेटमा वृद्धि हुनुपर्ने, शिक्षण सिकाई कार्यक्रमलाई प्रभावकारी बनाृन विद्यालयलाई नक्साङकन गरी शिक्षक दरबन्दी मिलान गर्नुपर्ने र विद्यालयलाई शान्ति क्षेत्रो कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने लगायतका दसबुँदे घोषणा पत्र मन्त्री यादवले जारी गर्नुभयो ।

सम्मेलनमा शिक्षाविद् डा विद्यानाथ कोइरालाले मधेश प्रदेशको शिक्षा स्तर कर्णालीभन्दा पनि पछि पर्नु चिन्ताको विषय भएपनि यसको सुधारको लागि मधेश प्रदेशले आयोजना गरेको शिक्षा स्म्मेलनबाट सुधार कार्यक्रमलाई प्राथमिकतामा राखेर अघि बढनुपर्ने सल्लाह दिनुभयो ।

उहाँले भन्नुभयो,‘देशको अवस्था अनुसार नै व्यवस्था हुनेछ । हामीसँग जे श्रोत साधन छ, त्यसैलाई प्रभावकारी रुपमा कार्यान्वयन गरे साकारात्मक परिणाम आउनेछ ।’सुरुङगा नगरपालिका प्रमुख गीता चौधरीले मधेश प्रदेशलाई साक्षर प्रदेश बनाउने र कुनैपनि बालबालिकालाई विद्यालय बाहिर रहन नदिइने कार्यक्रमलाई हाम्रो नगरपालिकाले प्रभावकारी परिणाम आउने गरी कार्यक्रम अघि बढाएर प्रदेश सरकारले लिएको लक्ष्य पुरा गर्न प्रतिवद्ध रहेको बताउनुभयो ।

शिक्षामा सुधार ल्याउन तीनै तहको सरकारले मिलेर काम गर्नुको कुनै विकल्प नरहेको धनगडीमाई नगरपालिका प्रमुख शिवशङकर महतोले जोड दिँदै अति गरीव दलित बस्ती र मस्लिम समुदायको बालबालबालिका विद्यालय नियमित कसरी जानेबारे विशेष कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो ।

सहभागीहरुबाट शिक्षामा सुधार ल्याउन देखिएको वर्गीय चिरा अन्तय गर्नको लागि एकद्वार शिक्षा नीति, पाठ्यपुस्तकमा एकरुपता, परीक्षा प्रणालीमा सुधार र शिक्षकहरुको उच्च मनोवल र नियमित अनुगमन आवश्यक रहेको सुझाव आएको थियो ।

 

 

 

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

कति उपलब्धिमुलक रह्य ...

काठमाडौँ, १२ वैशाखः कतारका अमिर शेख तमिम विन हमाद अल था ...

राष्ट्रपतिद्वारा कता ...

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल ...

राष्ट्रपति पौडेल र क ...

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवाय ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A