सुकरातीमा मनाईने ‘हुकालोली’ र ‘हुराहुरी’ पर्व लोप हुँदै

  • कार्तिक २६, २०८०
  • समृद्धिपथ
alt

लहान । सिरहा सप्तरी लगायत तराई मधेशका जिल्लाहरुमा लक्ष्मीपूजाको राति मनाईने हुकालोली (हुका हुकी) सांस्कृतिक पर्व बर्षौदेखी खेलीदै आएको यो प्रथा अहिले लोप हुने अवस्थामा पुगेको छ ।

हिन्दूहरुको दोस्रो ठूलो चाड दिपाबलीको राती गाउँ घरका मान्छेहरुले सनपाटको सन्ठी (सनपाटको डाँट) को हुकालोली बनाई त्यसमा आगो लगाई गाउँ घरबाट बाहिर गई हुका लोली हुका लोली बिहान बगिया (आज हुका हुकि भोली खाने बगीया) भन्ने चलन रहेको छ । पौराणिक मान्यता अनुसार त्यसो गर्नाले गाउँ घरमा दानबहरु नआउने र गाउँ घरमा माहामारी रोगहरु न फैलिने जन बिश्वास रहिआएको बुढा पाखाको भनाई रहेको छ ।

एक आपसमा भाईचाराको साथै आत्मीयता सम्बन्ध बिस्तार गर्न पनि त्यसो गर्ने गरेको कतिपयको भनाई रहेको छ । आधुनिकिकरणको बिकास संगै गाउँ घरबाट सनपाटको खेती लोप हँुदै गईरहेकोले पनि (हुका हुकी) सांस्कृतिक पर्व लोपोउन्मुख अबस्थामा पुगेको लहान ९ बस्ने ६० बर्षिय मोहितलाल चौधरीको भनाई रहेको छ । चौधरीका अनुसार- गाउँ घरका मानिसहरु बिदेशीने गरेको कारण र स्कुलमा सो पर्व सम्बन्धी शिक्षा दिक्षा नदिएको कारणले पनि यस्ता कैयौं पर्वहरु लोप हुने अबस्थामा पुग्दै गईरहेको बताउँ छन् ।

यसै बीच गाई पुजा र गोबद्धन पुजाका दिन मनाईने हुरा हुरी प्रथा पनि लोपोउन्मुख अबस्थामा रहेको छ । गोरुलाई गाउँ भन्दा बाहिर लगी हुररा हुररी, हुररा हुररी भन्दै (दौडाउने) चलन रहेको थियो । त्यसो गर्नाले गोरुहरु बलियो हुने गोरुहरुलाई कुनै किसिमको रोग न लाग्ने जनबिश्वसले त्यस्तो गर्ने गरेको लहान २२ का नथुनी यादवको भनाई रहेको छ । हुराको बोझा (खर, परालको मुठठा)संग सुगुरलाई बाँधि भैसिलाई सुगुरसंग खेलाउने र रमाईलो गर्ने चलन पनी हुरा हुरीमा रहेको थियो । तर आजभोलि यी प्रथाहरु छिठ फुठ रुपमा देखीरहेको कतिपय बिश्लेषकहरुको भनाई रहेको छ । मुलुकका केहि स्थानहरुमा मनाईने सो पर्बको आप्mनै जातिय पहिचान रहेको छ । आदिबासि, जनजाति, दलित, मधेशी, अल्पसंख्यक, पिछडाबर्गहरुले मनाईने सो पर्बलाई संरक्षण र संबद्धन गर्न राज्य लगायत सम्पूणर् नागरीक समाजहरुको उत्तिकै भुमिका रहेको छ ।

लिटिल स्टार स्कुलका ...

फिरोज सिद्दिकी  लहान । लिटिल स्टार सेकेन्डरी स्कु ...

नेपाल प्रिमियर लिगमा ...

काठमाडौं। देशभरका लाखौँ घरमा इन्टरनेट सेवा पुर्‍याइ ...

नेकपा (एमाले) लाहानद ...

फिरोज सिद्दिकी लहान, सिरहा। नेकपा (एमाले) लहान नगर कमि ...

मधेशमा सरोजकुमार याद ...

सिरहा । मधेश प्रदेशमा नेकपा (एमाले) संसदीय दलका नेता सर ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2025 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A