नेपाल निर्माण व्यवसायीमा राउतको पाइनल विजयी

  • पुष ७, २०८०
  • समृद्धिपथ
alt


जीवछ उदासी
लहान, पुस ७ गते ।
नेपाल निर्माण व्यवसायी लहान सिरहाको निर्वाचनमा अञ्जय बहादुर राउतको पाइनल विजयी भएको छ । नयँ कार्यसमिति चयनको लागि आज शनिबार विहान नौ बजेदेखि चार बजेसम्म निर्वाचन सम्पन्न भइ संघकै कार्यालय लहान –५ नयाँ बजारमा मतगणना सम्पन्न भएको निर्वाचन अधिकृतले जनाएको छ ।

निर्वाचन अधिकृत परशुराम निरौलाले घोषणा गर्नु भएको निर्वाचन परिणम अनुसार अञ्जय अध्यक्ष पदमा अञ्जय बहादुर राउतले ९१ मत ल्याई विजयी हुनु भएको छ भने उहाँलाई ७२ मल ल्याएर दिपक कुमार श्रेष्ठले पछयाउनु भएको थियो । यसैगरी उपाध्यक्ष क मा अमरनाथ साह १०२ मत उहाँको प्रतिद्वन्दी रामचन्द्र साह ६० उपाध्यक्ष ख प्रथमलाल चौधरी ९५ अशोक कुमार यादव ७१,महासचिवमा कमल प्रसाद यादव १०६,दुरेन्द्र कुमार यादव ५८,सचिवमा अजय जयसवाल १००,जय प्रकाश साह ६३,कोषध्यक्षमा सुरज ढकाल ८६,श्याम कुमार महतो ७८,सह कोषध्यक्षमा कृष्ण प्रताप सिंह ९५,राजेश्वर साह ६९, छ जना सदस्यहरुमा विजेत र प्रतिद्वन्दीहरुको मत परिणाम क्रमशः फुलगेन सिंह९०,कृष्ण सतरा ६९,प्रदिप कुमार यादव १०१,राजेन्द्र ठाकुर ६१,विन्दु कुमारी यादव ९८,लालबाबु साह ६९ सन्तोष कुमार साह ९२,राम कुमार महतो ६४ प्रमोद कुमार सिंह ८९,मनोज कुमार साह ६०,मन्टुन चौधरी ९३र हरिदेव साह ७७ मत प्राप्त गर्नु भएका छन् ।१८० मतदातामध्ये १७२ खसेकोमा ३ मत बदर भइ सदर मत १६७ रहेको थियो ।

म्यान अफ द इलेक्सन कमल प्रसाद यादव

म्यन अफ द इलेक्सन महासचिव पदका उम्मेदबार कमल प्रसाद यादव भएको हो । उहाँले आफ्नो निकतम प्रतिद्वन्दीलाई ४८ मतले पराजित गर्नु भएको छ । सबैभन्दा कम मतान्तरमा कोषाध्यक्षका उम्मेदबार सुरज ढकाल ८ मतले निर्वाचित हुनु भएको हो । उहाँलाई दिपक श्रेष्ठ पाइनलका कोषाध्यक्षका उम्मेदबार श्याम कुमार महतोले कडा टक्कर दिनु भएको थियो ।

जीतको श्रेय जितेन्द्र कुमार यादव र विशाल साहलाई

nirman bybsayi election news.photo 2

नेपाल निर्माण व्यवसायी संघका पूर्व अध्यक्षद्वय जितेन्द्र कुमार यादव र विशाल कुमार साहले अञ्जय बहादुर राउतको पाइनललाई खुल्लेआम सहयोग गरी प्रचार प्रसारमा जुटनु भएको थियो । दिपक कुमार श्रेष्ठको पाइनललाई पूर्व अध्यक्ष बैजनाथ साह र रासलाल राय राजपुतको दह्रो साथ थियो । निर्वाचन परिणाम घोषणा भए लगतै यो जित कसको पूर्व अध्यक्षद्वय जितेन्द्र कुमार यादव र विशाल साहको हो भने नारा लगाएको थियो । यादव माओवादी समर्थक हुनुहुन्छ भने साह नेकपा एमाले समर्थक लहान नगरपालिकाका पूर्व नगरप्रमुख मुनि साहका ज्येष्ठ पुत्र हुनुहुन्छ ।

 

 

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

कति उपलब्धिमुलक रह्य ...

काठमाडौँ, १२ वैशाखः कतारका अमिर शेख तमिम विन हमाद अल था ...

राष्ट्रपतिद्वारा कता ...

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A