माग पुरा नभएसम्म आन्दोलन : मिटरब्याज विरुद्धको संघर्ष समिति

  • पुष १०, २०८०
  • समृद्धिपथ
alt


जीवछ उदासी
लहान, पुस ९ गते ।
सात बुँदे माग पुरा नभएसम्म आन्दोलन चलिरहने मिटरब्याज विरुद्धको संघर्ष समिति नेपालले लहान नगरपालिका –१२ र २२ मा रहेको धार्मिक पर्यटकीय स्थल सलहेश फूलवारीमा पत्रकार सम्मेलन गरी धारणा सार्वजानिक गरेको छ ।

समितिका संयोजक मनोज पासवानले आयोजित पत्रकार सम्मेलनमा सरकारले मिटरब्याज विरुद्धको संघर्ष समितिसँग गरेको सम्झौता गरी ल्याएको अध्यादेश अनुसार गठित आयोगले दिएको निर्देशनलाई जिल्ला प्रशासन कार्यालयले पूर्ण रुपमा लागु नगरेको बताउनुभयो ।

अधुरो र अपुरो कार्यलाई पुरा गराउन मिटरब्याज सम्बन्धी मुद्दालाई कडाइकोसाथ समाधानको लागि उच्च स्तरीय संयन्त्र निर्माण गर्नुपर्ने,साहु महाजनले आफू विरुद्ध उजुरी परेपछि जिल्ला अदालात मार्फत ल्याउने निशेधाज्ञा सम्बन्धी सवाल सरकार स्तरबाट नै समाधान गर्नुपर्ने,अनुचित लेनलेन (मिटरब्याज) सम्बन्धी परेको उजुरी किनारा नलागुञ्जेलसम्म साहु महाजनले अदालतमा हालेको लेनदेन सम्बन्धी मुद्दाको तत्काल फैसला रोकिनुपर्ने,वडा कार्यालयमा हुने कपाली तमसुक प्रमाणिकरण र दर्ता प्रक्रियाको निगरानी रोकिनुपर्ने ठूला मिटरब्याजीलाई तत्कालै कार्वाही गर्नुपर्ने आयोग र जिल्ला सहायाता कक्षमा पीडित र साहु महाजनबीच भएका सहमति कार्यान्वयन हुनेपर्ने र सरकार र मिटरब्याज विरुद्ध संघर्ष समितिसँग भएको पाँच बुँदे सहमति अक्षरस पालना हुनुपर्ने माग अघि सारेका छन् ।

metrbyajpidit news.photo 3

संयोजक पासवानद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख भएअनुसार जाँचबुझ आयोगलेसंगै जिल्ला तहमा जिल्ला प्रशासन कार्यालयमा पीडित सहायाता कक्षमा पनि पीडितहरुले आफनो बसोवास रेहेको जिल्लामा उजुरी हालेको थियो । २०८० बैशाख १७ देखि जेठ १४ गतेसम्म, त्यसपछि १५ दिन र पुनः एक महिना म्याद थपेको अवधिमा उजुरी दिएकामध्ये पाँच हजार १८८ उजुरी मिलापत्र भयो । बाँकी रहेको २३ हजार उजुरी अझैपनि अलपत्र रहेको छ । आयोगका अनुसार देशभरीमा परेको उजुर्रीको आधारमा छलफल गर्दा ५ अर्व ५७ करोड १९ लाख रुपैयाा बराबर खुलेको छ । साहु महाजनले ७ अर्व ६२ करोड ८० लाख असुल गर्न खोजेकोमा १ अर्व ७२ करोड८६ लाख रुपैयाँ बराबर ऋणी र साहु महाजनबीच सहमति भएको छ । आयोग मार्फत २१८ बिगहा १० कठा ७ धुर जग्गा सम्बन्धीत पीडितलाई फिर्ता भएको छ । अहिले आउोग विहिन अवस्था रहँदा दिएका उजुरीकध्ये २३ हजार उजुरी अलपत्र अवस्थामा परेको हो ।

metrbyajpidit news.photo 2

आयोजित पत्रकार सम्मेलन स्थल सलहेश फुलवारीमा गोलबजारका विरेन्द्र साहले सिरहाका साहु मिटरब्याजी राम सेवक यादवसँग ८२ लाख रुपैया लिँदा तीन करोड तिरी सके तैपनि अढाई विगहा जग्गा फिर्ता गर्न नमानेको पीडा सुनाउन्ुभयो । उहाँको अनुसार रकम दिएको सबै प्रमाण राखेको उहाँले भन्दै प्रहरी प्रशासनले कुनै चासो लिइरहेको छैन् । अर्नमा गाउँपालिका –१ का महनौरका जाकिर हुसेनले विष्णुपुर गाउँपालिकाका चिउरा मिलका सञ्चालक रामभरोस यादवसँग एक लाख ६५ हजार रकम लिएको मध्ये एकलाख ५० हजार बुझाइ सकेको र सात लाखको कपाली कागजको अदालतमा मुद्दा लगाएर दस कठा जमीन रोका गरि दिएको पीडा पोख्नुभयो । लहान –७ का श्याम कुमार विश्वकर्माले १७ लाखको २१ लाख बुझाएर अहिले ३४ लाख रकम लहान–७ का रामबाबु साहले दावी गरेपछि दिन नसक्दा घर खडेरी समेत कबजा गरीसकेपछि बेघर भएको पीडा सुनाउनुभयो । यस्तै पीडा भएका दर्जनौ पीडितहरु पीडा सुनाउन पत्रका सम्मेलनमा उपस्थित भएका थिए ।

यत जिल्ला प्रशसान कार्यालय सिरहामा पुस ४ गतेसम्म दर्ता भएको तीन हजार ७८८ निवेदन मध्ये एक हजार २५८ मा छलफल भएको छ । जिल्ला प्रशासन कार्यालयभित्र ३३३ इलाका प्रशासन कार्यालयबाट ४० जम्मा सहमति रकम १२ करोड १२ लाख २९ हजार ७५४ र २६ विगहा जग्गा फिर्ता भएको जिल्ल प्रशासन कार्यालयका नायव सुब्बा विकास सिंहले जानकारी दिनुभयो ।

मिटरब्याजीहरुले २०७९ चैत २ गते बर्दिवासबाट मार्चपास गरी संघीय राजधानी पुगेर थालेको आन्दोलनलाई सरकारले जाँचबुझ आयोग गठन गरेर गरेको सम्झौता अनुसार मिटरब्याजपीडितहरुले न्याय पाउन नसकिरहेकोले मिटरब्याज विरुद्धको संघर्ष समितिले माग गरेको सात बुँदे माग सहि रहेको वरिष्ट पत्रकार तथा लेखक रामरिझन यादवले भन्दै पीडितहरुमो माग सरकारले पुरा गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

 

 

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

कति उपलब्धिमुलक रह्य ...

काठमाडौँ, १२ वैशाखः कतारका अमिर शेख तमिम विन हमाद अल था ...

राष्ट्रपतिद्वारा कता ...

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A