लायन्सक्लवद्वारा जन्म दिनमा केक सट्टा वृक्षा रोपन अभियान सुरु

  • पुष ११, २०८०
  • समृद्धिपथ
alt


जीवछ उदासी
लहान,पुस ११ गते ।

लायन्स क्लवअफ लहान फुलवारीमा आवद्ध क्लवका सदस्यहरुले जन्म दिनको अवसरमा केक काटेर तडकभडकका साथ जन्मदिन बनाउने शैलीलाई विस्थापित गरेर वृक्षा रोपन अभियान सुरु गरेको छ ।

लहान–१ का क्लवका कार्यवाहक अध्यक्ष शङकर प्रसाद गुप्ताले आफ्नो नातति दृशांसा गुप्ता र ज्वाई विषणु गुप्ताको जन्मदिनको अवसरमा लहान–१९ मा रहेको श्री जनता माध्यमिक विद्यालय लहानको हाताभित्र सात प्रकारका तीन दर्जनभन्दा बढी विरुवाहरु रोपेर यस अभियानलाई सुरु गरेको छ ।

पाँच वटा क्षेत्रमा कार्य गर्दै आइरहेको लायन्स क्लव अफ फूलवारीले वातावरणको क्षेत्रलाई हराभरा बनाउने उद्येश्यले यो अभियानको सुरु गरेको क्लवका पूर्व अध्यक्ष राकेश कुमार झाले प्रष्टपार्दै भन्नुभयो,‘क्लवका सदस्यहरुले आफ्नो हैसियत अनुसार विरुवा रोप्ने निर्णयको कार्यान्वयन क्लवका कार्यवाहक अध्यक्ष शङकरप्रसाद गुप्ताले गर्नुभयो अब यो अभियान निरन्तर चलेर पहिलो चरणमा लहानका ५९ वटै सामुदायिक विद्यालयमा लागु गर्नेछौं ।’

kekso satta bi photo 2

आफ्नो र छोरा दृशांसको जन्म दिन एकै दिन परेको अवसरमा पिता कन्हैया प्रसाद गुप्ता ससुरा पिता शङकर प्रसाद गुप्ताले जन्म दिनको अवसरमा केक काटेर जन्मदिनमनाउने पश्चिमा संस्कृसतलाई छाडेर विद्यालयमा वृक्षा रोपन गर्नुपर्ने प्रस्ताव राखेपछि वृक्षा रोपण गरेको विष्णु गुप्ताले बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक अरबिन्द कुमार दासले विद्यालयमा सात प्रकारका वृक्षा रोपण गरेर राम्रो कार्यको सुरुवात गरेको भन्दै २०५६ २००७सालमा स्थापति विद्यालय २०५६ सालदेखि माध्यमिकततहसम्म सञ्चालनमा रहेको छ । पुरानो जीर्ण भवन निर्माणको लागि उहाँले तीनै तहकोसरकारसँग पटक पटक आग्रह गदौ लहान नगरपालिकाले दुइतल्ले भवन र पर्खाल निरर्माण गरी दिएको बताउनुभयो ।

लहान –१९ का वडाध्यक्ष मो करुदिनले लायन्स क्लवअफ फूलवारीले जन्म दिनको अवसरमा सुरु गरेको वृक्षारोपण कार्यलाई सराहना गर्दै विद्यालयको भौतिक विकासको लागि योगदान गर्न समाजका व्यक्तिहरु समेत जन्म दिनको अवसरमा रड सिमेन्ट ईँटा सहयोग गरीदिइने संस्कृतिलाई अपनाउन प्रेरित गर्ने बताउनुभयो ।

 

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

कति उपलब्धिमुलक रह्य ...

काठमाडौँ, १२ वैशाखः कतारका अमिर शेख तमिम विन हमाद अल था ...

राष्ट्रपतिद्वारा कता ...

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A