१३५ जना विकलाङगहरुलाई कृत्रिम हात खुटा वितरण  लहानको विकासमा मरवाडी समुदायको योगदान

  • पुष ११, २०८०
  • समृद्धिपथ
alt


जीवछ उदासी
लहान, पुस ११ गते ।
नेपाल राष्ट्रिय मारवाडी युवा संगठन, नारायण सेवा संस्थान उदयपुर भारत र मरवाडी युवा मञ्च लहानको पहल र सहयेगमा १३५ जना विकलाङगहरुलाई १४८ वटा कृत्रिम हात खुटा वितरण गरेको छ ।

१२ वर्षपछि मडवाडी युवा संगठनले १२ वर्षपछि कोशी प्रदेशको झापा जिल्ला विर्तामोडमा ७२ जनालाई र लहानमा १३५ जनालाई लगभग दुईक रोडको खर्चिएर कत्रिम हात खुटा वितरण गरेको संगठनका अध्यक्ष मनोज कुमार अग्रवालले बताउनुभयो । लहानमा कृत्रिम हात खुटा वितरणको लागि मरवाडी युवामञ्च लहान, मरवाडी संगठनका सदस्य चेतन मुरारकाको ठूलो सहयोग रहेको उहाँले बताउनुभयो ।

कृत्रिम हात खुटावितरणको लागि राष्ट्रिय मरवाडी संगठनका चेतन मुरारका र मरवाडी राष्ट्रिय युवा मञ्चका अध्यक्ष राहुल शारडा लगायत युवाहरुले महत्पूर्ण भूमिका खेल्नु भएको थियो । भारत उदयपुरका नारायण सेवा संस्थानका हरि प्रसाद खडाले पुरयाउनु भएको योगदानको चर्चा समेत गरिएको थियो ।

कृत्रिम हात खुटा पाएकाहरुको अुहारमा खुसी

सिरहा नरहा गाउँपालिका –५ बालुवाका विजय कुमार यादवले दुर्घटनामा परेर दाहिने हात गुमाएकोले दाहिने हातबाट केहि गर्न नसक्ने निरास थिए । गएको भदौमा मरवाडी सेवा संगठनले नाप लिएर आज कृत्रिम हात वितरण गरेपछि नयँँ जीवन पाएको खुसी व्यक्त गर्नुभयो ।

उदयपुर जिल्लाका त्रियुगा नगरपालिका १५की ३१ वर्षिय सिता मगरले भन्नुभ्यो,‘जन्मेको चार महिना भएपछि आयोमा पोलेर दुइवटै खुटटा जलेको थिए । विकलाङग भएर वाँच्नुपर्ने भयो । सधैं अर्काकोसहारामा बाँचुपर्ने भयो । आज मरवाडी युवा संगठनले दुई वटै कृत्रिम खुटा लगाई दिएपछि हिडने भयो । आज पूर्न जीवन पाएर अत्यन्तै खुसी भएकी छु ।’

marwari news.photo 2

एक वर्ष अगाडि खुटामा क्यान्सर भएर खुटा काट्नु परेको पर्ष जिल्ला पटेवा सुगौली गाँउपालिका –२ का ४३ वर्षिय चेत वहादुरले भन्दै आज कृत्रिम खुटा पाएर सारा पीडा विर्सेको बताउनुभयो ।सप्तरी डाकनेश्वरी नगरपालिका –१ का बसन्त कुमार चौधरी अहिले अवकास प्राप्त शिक्षक हुनुहुन्छ । दाङगमा शिक्षण पेशामा हुँदा २०५३ सालमा दाङगमा दुर्घटनामा परेर एउटा खुटा गुमाउनु परेको थियो ।

आज उहाँले कृत्रिम खुटा पाएपछि मरवाडी युवा संगठन र युवा मञ्च तथा नारायण सेवा संस्थालाई हृदयले धन्यवाद दिँदै हिडन योग्य बनाई दिएको मरवाडी समुदायले आफ्नो कमाईको केहि अंश मानव सेवामा लगानी गर्नु समाजको लागि प्रेरणाको स्रोत भएको बताउनुभयो ।

लहान–२० का विनोद कुमार चौधरीले सन २००२ मा रोजगारीको लागि भारतको पञ्जावमा काम गर्न गएको बेला ट्रकमा दाहिने खुटा च्यापिएर खुटा नै काटनु परेको पीडा सुनाउनुभयो । त्यतिवेला भारतमा कृत्रिम खुटा लगाउँदा ४० हजार भारतीय रुपैया खर्च भएको थियो । आज मारवाडी युवाहरुले निःशुल्कमा कृत्रिम खुटा उपलब्ध गराइ दिएर ठूलो उपकार गरेको छ । सरकारले गर्न नसकेको सहयोग मरवाडी युवाहरुले उपलब्ध गराई दिएकोमा अभारी रहेको उहाँले भन्नुभयो ।

marwari news.photo 3

सिरहा लक्ष्मीपुर पतारी गाउँपालिका –३ महेशपुरकी ५० वर्षिया फूलो देवी यादव भन्नुहुन्छ,‘मधुमेहको कारण दाहिनेखुटा काट्नु परेको थियो । त्यतिवेला उपचारको लागि चारलाख खर्च भएको थियो । आज निःशुल्क कृत्रिम खुटा पाएर निकै खुसी छु ।’
यस्तै यस्तै अन्य कृत्रिम हात खुटा पाउने १३५ जनाको हात खुटा नभएपछिको पीडा र समान्य हिडडुुलर हातको सहाराले केहि गतिविधिहरु गर्न पाउने भएपछि खुसीको सिमा थिएन । सबैले यस्तो मानव कल्याण गर्ने मरवाडी युवाहरुलाई भगवानले भलाई गरुन आशीर्वाद दिइ रहेका थिए । हात खुटा पाएर खुसी भएका विकलाङगहरुको खुसी देखेर आयोजक मरवाडी युवाहरु लहानका मरवाडी समुदायहरु पनि केहि गरेकोमा आत्मसन्तुष्टि अनुहारमा त्यसै झल्कि रहेको थियो ।

कार्यक्रमा कसले के भन्यो ?

marwari news.photo 5

प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले भन्नुभयो,‘यत्रो मानव सेवा गर्ने समुदाय मरवाडी समुदायका युवाहरु रहेको पहिलो पटक अनुभव भयो । हात नहुने खुटा नहुने पीडामा उपकारको मलहम लगाउने मरवाडी युवाहरुको कार्यलाई हृदयले सराहना गर्दछौ । विकलाङगहरुले पाएका कृत्रिम हात खुटाको बीचमा गर्नुपर्ने मरम्मतको लागि पनि सहयोग गरिहनुपर्ने सुझाव छ ।’

लहान नगरप्रमुख महेश प्रसाद चौधरीले लहानको शिक्षा स्वास्थ्य र कृषि औद्योगिक क्षेत्रमा योगदान गरेका मरवाडी समुदायले ५० वर्ष अगाडि लहानमा जेएस मुरारका बहुमुखी क्याम्पसको भवन निर्माण २०३७ सालमा लहानमा राम कुमार उमा प्रसाद स्मारक अस्पताल र चावल मिल लगायत अन्य उद्योगहरु खेलेर आफ्नो पहिचान बनाएको स्मरण गर्नुभयो । उहाँले थप्नुभयो‘अहिले मरवाडी युवा मञ्चले कृत्रिम हात खुटा वितरण गरेर मानव कल्याणको क्षेत्रमा ठूलो योगदान गरेको छ । यसको जति सराहना गरेपनि थोरै हुनेछ ।’

मधेश प्रदेशका जनसंख्या तथा स्वास्थ्य मन्त्री विरेन्द्र प्रसाद सिंहले सरकारले गर्न गर्ननसककेो काम मरवाडी समुदायका युवाहरुले गरेर ठूलो कल्याणकारी कार्य गरेको बताउनुभयो । उहाँले भन्नुभयो,‘लहानका मुरारका र शारडा परिवारले स्थापना गरेको प्रादेशिक अस्पतालको नमाकरण प्रदेश सरकारले राम कुमार शारडा उमा प्रसाद प्रादेशिक अस्पताल नमाकरण गरियो । अब सम्झौता अनुसार दाता परिवारले अस्पताल रहेको एक विगहा पन्ध्र कठा दस धुरजगा रजिष्ट्रेशन गरिदिएपछि आउने बैशाखसम्ममा एक सय शय्याको अस्पतालमो स्तरोन्नति गरिनेछ ।’

यता दातापरिवाका तर्फबाट मुरारीलाल मुरारकाले जग्ग रजिष्ट्रेशनको सारा प्रक्रिया पुरा भैसकेको छ । लाभकर संघीय सरकारवाट मिनहा भएपछि रजिष्ट्रेशन पुरा हुने बताउनुभयो । लहान अस्पतालको स्तरोन्नति र थप क्यान्सर अस्पताल निर्माणको लागि समेत तयार रहेको बताउनुभयो ।

marwari news.photo 1

उहाँले भन्नुभयो,‘मधेश प्रदेशमा मधेश सरकारले कृषि उद्योगधन्दाहरुलाई प्रोत्साहन गर्ने नीति ल्याए अहिलेपनि हामी लगानी गर्न तयार छौ । कुनैवेला सिरहा सप्तरीमा मात्रै ११ वटा ठूला धान मिलहरु सञ्चालन गरेर चावल विदेश निर्यात गर्दथ्यौ । अहिले भारतीय चावल हरेकको भान्सा कोठामा पुग्न थालेपछि मिलहरु बन्द गर्नु परयो । स्थानीय प्रदेश र संघीय सरकारले उद्योगपतिहरुलाई संरक्षण र लगानीको लागि वातावरण बनाए लहानका मुरारका र शारडा परिवार कृषि उद्योग शिक्षा र स्वास्थ्यमा लगानी गर्न तयार छ ।’

लहानको शिक्षा स्वास्थ्यमा मारवाडी समुदायको योगदान चिरस्मरणीय रहने नै छ ।यतिवेला १३५ जना विकलाङगहरुलाई करोडौको लागितमा निःशुल्क वितरण गरेर नयाँ चमत्कार र रेकर्ड कायम गरेको लहानका समाजसेवी शङकर प्रसाद गुप्ता र राकेश कुमार झाले बताउनुभयो ।

 

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

कति उपलब्धिमुलक रह्य ...

काठमाडौँ, १२ वैशाखः कतारका अमिर शेख तमिम विन हमाद अल था ...

राष्ट्रपतिद्वारा कता ...

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A