राष्ट्रियसभा सदस्यको लागि राउतको नाम सिफरिस

  • पुष १३, २०८०
  • समृद्धिपथ
alt


जीवछ उदासी
लहान,पुस १३ गते ।
नेपाली काँग्रेस सिरहाले राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि चार जनाको नाम सिफारिस गरेको छ । सिफरिस नामहरुमध्ये राज कुमार राउतको नाम सिफारिस भएपछि पुरानो संघर्षशील नेताको नाम सिफरिस गरेर नेपाली काँग्रेसले न्याय गरेको चर्चा यत्रतत्र भइरहेको छ ।

सिरहाबाट सुर्य नारायण यादव,कौशल मण्डल,श्रमिति रोखा कुमारी यदव,राज कुमार राउत र राम कुमार यादवको नाम सिफारिस गरेको नेपाली काँग्रेस सिरहाका सभापति रामचन्द्र यादवले जानकारी दिनु भएको छ ।

को हुन् राज कुमार राउत ?

लहान नगरपालिका –२४ झुटकी घर भएको अल्पसंख्यक कुर्मी समुदायको राउत राजनीति शास्त्रमा स्नाकोत्तर र संघर्षशील नेता हुनुको साथै २०४२ सालमा नौ महिना केन्द्रीय करागारमा जेल जीवन समेत विताउनु भएको थियो । पटक पटक प्रहरीबाट पक्राउ परेको राउत विपी कोइरालाको प्रजातान्त्रिक समाजवादबाट प्रभावित भई २०३६ सालमा जनकपुर क्याम्पसमा पढ्दै गर्दा नेपाल विधार्थी संघमा आवद्ध भएर प्रदिप गिरीको समिप्यमा रहेर निरन्तर नेपाली काँग्रेसको झण्डामुनि आवद्ध रहँदै आइरहनु भएको छ ।

समान्य किसान परिवारमा जन्मेका राउत खेतिपातीबाट भात खान पुगेपनि औषधी उपचार र घर व्यवहार चलाउन हम्मेहम्मे परेपनि सदा जीवन उच्च विचारको सिद्यान्तलाई व्यवहारमा उतारी रहनु भएको छ । सधैं साइकल चलाएर लहान बजारमा आउनु हुने राउतले आजसम्म नेपाली काँग्रेसमा कुनै अवसर नपाउनुले निष्ठाको राजनीति संघर्ष आउने पुस्ताले किन गर्ने चर्चा सधै चल्थ्यो र यस पटक नेपाली काँग्रेस सिरहाले राउतको नाम सिफारिस गरेर न्याय गरेको चर्चा लहानको हरेक ठाउँमा चर्चा चलिरहेको छ ।

जागीरको वास्तै नगरी प्रजातन्त्रको लागि लडिरहने योद्धा

२०४२ सलमा हाल लहान –२४ मा पर्ने लेखनाथ निम्नमाध्यमिक विद्यालयको अंग्रेजी शिक्षक र २०४४ सालमा माध्यमिक शिक्षकमा भर्ना भएपनि ततकालिन पञ्चहरुले प्रजातान्त्रिक आन्दोलनका नेता भएको सिफारिस गरेपछि शिक्षक पदको जागीर चट भएको राउत जागीरके वास नगरी पञ्चहरुको सामुने जागीरको लागि कहिलेपनि झुक्नु भएन । राउतसँगै क्याम्पस पढेकाहरु कति मुख्य सचिव भएर अवकास पाए । राजनीति क्षेत्रमा कति मन्त्री भए । तर राउतलाई कहिलेपनि नेपाली काँग्रेसले लाभको कुनै पदमा पुरयाएका थिएन । यसपटक राष्ट्रियसभामा सिफारिस गरेर नेपाली काँग्रेसले न्याय गरेको पत्रकार एम महतोको भनाई छ ।

समता मासिकका सहयोगी सम्पदाक राउत

२०३९ सालमा समता मासिकको सहयोगी सम्पादक समेत रहनु भएको राउत २०४८ सालमा कार्यकारी सम्पादक हुनु भएको थियो । समाजवादी चिन्तक स्वर्गीय प्रदिप गिरीले लेख्नु भएको लेनिन र लोहियो नाम दुई पुस्तकका प्रकाशक समेत उहाँ हुनुहुन्थ्यो ।
नेपाली काँग्रेसका जिल्ला सचिव, नेपाली काँग्रेस युवा विकास समितिको उप समितिको केन्द्रिय सदस्य,शैलजा आचार्यले नेतृत्व गर्नु भएको प्रजातान्त्रिक समाजवाद युवा दलको केन्द्रिय सदस्य भएर समेत काम गर्नु भएको राउतले ६५ वर्षको उमेरमा नेपाली काँग्रेस सिरहाले राष्ट्रियसभा सदस्यको लागि सिफारिस गरेर न्याय गरेको नेपाली काँग्रेसका युवा नेता अरुण केसीले बताउनुभयो ।

मानवअधिकारवादी नेता राउत

२०५६ सालदेखि हालसम्म नेपाल राष्ट्रिय मानव अधिकारको सिरहा जिल्ला अध्यक्ष रहेर काम गर्नु भएको राउत मानव अधिकार हननका घटनाहरुमा मानव अधिकारको पक्षमा सधै आवाज उठाइ रहनुभयो । जनकपुरमा उच्च शिक्षा हासिल गर्न गएको वेला २०३६ सालमा तानशाहीहरुले प्रजातान्त्रिक नेता जुल्फीकार अलि भुटोको हत्या गरेपछि प्रजातनन्त्रको लागि विधार्थी आन्दोलनमा जोडिनु भएको राउत तत्कालिन नेपाल विधार्थी संघको नेतृत्वमा युवराज खातीको नेतृत्वमा आन्दोलन एक्सन कमिटि बन्दा त्यसको सदस्य समेत रहनु भएको थियो ।

नाम सिफारिस भएको सामाजिक सञ्जालबाट जानकारी

नाम सिफारिस भएके आफूले सामाजिक सञ्जालबाट थाहा पाएपछि देशैभरीबाट पाँच सयभन्दा बढी फोन आएको नेता राउतले भन्दै नेपाली काँग्रेसले मेरो योगदान र संघर्षलाई मूल्याङकन गर्ने हो भने मलाई उम्मेदबार बनाउने उहाँले विश्वास व्यक्त गर्नुभयो । ‘पदभन्दा पनि नेपाली काँग्रेस प्रजातान्त्रिक समाजवादको बाटोमा अघि बढुन भने मान्यता राखेर पार्टी एक इमानदार सिपाही भएर लागि रहे । यतिवेला मलाई नेपाली काँग्रेस जिल्ला कार्य समिति सम्झेर नाम सिपारिस गरेकोमा धन्यवाद भन्न चाहन्छु । २०३६ सालमा विपि कोइराला लहानको पशुपति माध्यमिक विद्यालयको मैदाना खुल्ला सभा गर्दा कार्यक्रम सञ्चालकको भूमिका खेलेको स्मरण गर्दै राउतले नेपाली काँग्रेसकी चचचित नेतृ चित्रलेखा यादव र पदम नारायण चौधरीपनि मभन्दा कनिष्ट रहेका छन् ।

अन्य दलका समर्थकहरुपनि भन्छन न्याय गरयो

सदा जीवन उच्च विचारका मान्यतामा विश्वास राख्नुहुने राज कुमार राउतको नाम  नेपाली काँग्रेस सिरहाले सिफारिस गरेर ऐतिहासिक निर्णय गरेको चर्चा काँग्रेसवृतमा मात्रै होइन, अन्य दलका समर्थकहरुले समेत सहि निर्णय गरेको छ । उमेर योदान र संघर्षको आधारमा अल्पसंख्यक कुर्मी समुदायका राज कुमार राउतलाई उम्मेदबार बनाए नेपाली काँग्रेसमा पनि आर्थिक अवस्था कमजोर भएकाहरुको पनि स्थान सुरक्षित रहेको सन्देस जानेछ ।

 

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

कति उपलब्धिमुलक रह्य ...

काठमाडौँ, १२ वैशाखः कतारका अमिर शेख तमिम विन हमाद अल था ...

राष्ट्रपतिद्वारा कता ...

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A