‘सुन्दर समुन्नत र सभ्य लहान हाम्रो साझा ध्येय’

  • पुष २७, २०८०
  • समृद्धिपथ
alt

जीवछ उदासी
लहान,पुस २६ गते ।
लहान नगरपालिकाको नगरप्रमुख महेश प्रसाद चौधरीले हाम्रो लहान सुन्दर समुन्नत र सभ्य लहानको नारा कार्यान्यवन गर्नु नै साझा ध्येयय रहेको बताउनु भएको छ । विहिवार १३ औ नगरसभा उद्घाट्न सत्रलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

१८ करोडको लागतमा नगर अस्पताल निर्माण कार्यको टेण्डर समेत भैसकेकोले निर्माण कार्य चाँडै सुरु हुने भन्दै नहरको सौन्दर्यकरण कार्यलाई अघि बढाउन ५ करोड विनियोजन गरेको नगरप्रमुख चौधरीले बताउनुभयो । एकल महिलाको स्वास्थ्य बीमा रक्तचाप रमधुमहको विरामीको जाँच गरी निःशुल्क औषधी वितरण घुम्ती स्वास्थ्य शिविर र ज्येष्ठ नागरिकहरुलाई बस भाडा निःशुल्क गर्ने गरी माघ १ गते नगरवस सञ्चालनमा ल्याउन लागेको नगरप्रमुख चौधरीले जानकारी गराउनुभयो ।

गत वर्ष एक हजारलाई २४ वटै वडामा आँखा जाँच शिविर सञ्चालन गरेको उहाँले स्मरण गराउँदै यसवर्षपनि निःशुल्क आँखा जाँच शिविर धार्मिक पर्यटकीय स्थल लहान–१५ राजदेवी पञ्चावतीबाट सुरु गरिसकेको बताउनुभयो । १६ करोडको लागतमा शपिङग मल शहरी क्षेत्रमा एकमहिनाभित्रै सञ्चालनमा आउन लागेको नगरप्रमुख चौधरीले विश्वास दिलाउँदै भन्नुभयो,‘एक कक्षा एकशिक्षक एकविद्यालय एक कम्प्युटर कार्यक्रम लागु भैसककेको छ । कृषिलाई आधुनिकरण गर्न कृषि उपकरणहरु खरिद गरिने र किसानको सिंचाई मिटर निःशुल्क गरि सकेका छौ ।’

वडा बजेटमा काखापाखा भएको छैन : वडाध्यक्षहरु

nagar hospital banaine news.photo 1

नगरसभामा लहान–७,१२, १४,२०,२१ र २४ नम्बरका वडाध्यक्षहरु क्रमशः रमेश उपाध्याय,बद्री नारायण चौधरी, गणेश चौधरी ,राज कुमार यादव र रासलाल राय राजपुतले विकासको लागि फरक दलहरुबाट निर्वाचित भएपनि लहान नगरपालिकाको साझा कार्यक्रम हाम्रो लहान सुन्दर समुन्नत र सभ्य बनाउन गा्रामीण भेग र शहरी क्षेत्रको विकासलाई सन्तुलन गरेर नगरप्रमुख र उपप्रमुख महेश प्रसाद चौधरी र राम चलितर महतोको सकारात्मक पहल भइरहेको बताउनुभयो ।

लहान नगरपालिकाका विजेता खेलाडीहरु सम्मानित

nagar hospital banaine news.photo 2

नगरसभामा छिमेकी देशभारत विहारका खगरीया जिल्ला मानसीका पूर्व मुखिया विजय कुमार यादव मेमोरियल फुटवल प्रतियोगितामा लहानका हेम कस्तुरी युवा कल्वबले अन्तिम खेल जितेर लहानको प्रतिष्ठा भारतमा पनि बृद्धि गरेको ठहर गरी नगरप्रमुख खेलमा भाग लिएका खेलाडीहरु सुनिल सिंह,रेम्बो चौधरी,राधेश्याम चौधरी,विरु मगर,पुष्पराज चौधरी,शिशिर लेखी,रुपेश चौधरी सुशिल यादव प्रकाश हमाल,अजित सिंह र प्रशिक्षक आन्नद चौधरीलाई दोसल्ला ओढाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।

यसैगरी दक्षिण एशियाली खेल(साफ) काठमाण्डौमा सम्पन्न त्वेकान्दो खेलमा गोल्ड मेडल प्राप्त गरेका त्रिशिया चौधरी र नेहाल मण्डल, केपी ओली त्रिक्रेट खेलमा मधेश प्रदेश विजेता हुँद लहान –८ काविजेता राकेशकामैतलाई समेत दोसल्ला र प्रमाणपत्र सहित नगरप्रमुख चौधरीले सम्मान गर्नु भएको थियो । लहान नगरपालिकाले नियमित नगरसभा गर्दै आइरहेको छ । उदघाट्न सत्र सकिएपछि सुरु हुने बन्द सत्रमा बजेट संशोधन रकमान्तर थपघट आजै नगरसभा सम्पन्न हुने प्रमुख प्रशासकीय अधिकृत राजु साहले बताउनुभयो ।

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

कति उपलब्धिमुलक रह्य ...

काठमाडौँ, १२ वैशाखः कतारका अमिर शेख तमिम विन हमाद अल था ...

राष्ट्रपतिद्वारा कता ...

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A