बैंक लघुवित र सहकारीको कर्जाले घर विहिन बनाएपछि

  • माघ २, २०८०
  • समृद्धिपथ
alt

जीवछ उदासी 

लहान, माघ २ गते । 

बैंक लघुवित्त र सहकारीको रीनले घरविहिन बनाएको दुर्गा प्रसाइको राष्ट्रिय राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ अभियानमा लागेका अभियानकर्मीहरुले सोमबार लहानमा पत्रका सम्मेलन गरेर बताएका छन् । 

अभियानका मधेश प्रदेशका संयोजक नरेश कुमार साहले तमाम व्यापार व्यवसाय रिनको अन्यायपूर्ण ब्याज तिरेर चौपट भएको बताउनुभयो । उहाँले भन्नुभयो,'बैंक लघुवित र सहकारीको आंतक सहिय छैन । हाम्रो समस्या कुनै राजनीति दलहरुले उठाएन । सरकारले सम्बोधन गरेन । दुर्गा पर्साद प्रसाद प्रसाद प्रसाइले मात्रै सम्बोधन गर्ने भएकोले हामी उहाँको अभियानमा जुटेका छौ ।'६

-७ प्रतिशत ब्याजमा दिएको रिन १८ प्रतिशत ब्याज लिएर असुली गर्न थालेपछि हामी व्यापारीबरुलाई आन्दोलन बाहेक अर्को विकल्प नरहेको अर्को व्यापारी हरि किशोर महतोले बताउनुभयो । देशको आर्थिक टाट पल्टिएको उहाँले भन्दै यो आन्दोलन व्यवस्था परिवर्तनको आन्दोलनमा साथ दिन हामी दुर्गा प्रसाइको आन्दोलनमा सहभागी भएको बताउनुभयो । 

राजबिराजमा बैधनाथ मुनधडाले हामी रैथाने मरवाडी भएको भन्दै यो देशलाइ बर्माबाट आएका बर्मेली मरवाडीहरुले लुटेको तर्क गर्नुभयो । देशलाई बचाउन विस लाखसम्मको रिन माफी गराउने दुर्गा प्रसाइको अभियान सहि भएको धारणा व्यक्त गर्नुभयो ।

देशको अवस्था यहि रहे श्रीलङकाको अवस्था आउन समय नलाग्ने बैंक लघुवित र सहकारी रीन पीडित संघर्ष समितिको अध्यक्ष खडग नारायण चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो,'एक दिन यस्तो नआओस् नेताहरुलाई घिसारेर सडकमा ल्याउनु परोस । ' सरकारलाई सदवुद्धि आओस हामी सचेत गराइ रहेका छौ ।'

माघ २ गते लहान-१ नयाँ बसपार्कमा आयोजित दुर्गा प्रसाद प्रसाइ प्रमुख वक्ता भएको सभामा सहभागी हुन पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

कति उपलब्धिमुलक रह्य ...

काठमाडौँ, १२ वैशाखः कतारका अमिर शेख तमिम विन हमाद अल था ...

राष्ट्रपतिद्वारा कता ...

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल ...

राष्ट्रपति पौडेल र क ...

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवाय ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A