लहान । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले जिल्ला उद्योग वाणिज्य संघ सिरहाको अध्यक्ष विकास सारडामाथि कटाक्ष गरेका छन् ।
सिरहाको लहानमा बैंक र वित्तिय संस्था कर्जा पिडितहरुले आयोजना गरेको कार्यक्रममा प्रसाईंले वाणिज्य संघका अध्यक्ष सारडालाई कालो मुसो दलेर सबक सिखाउनु पर्ने बताएका हुन् ।
प्रसाईँले भने, ‘लहानको उद्योग वाणिज्य संघका अध्यक्षले व्यापारीहरुको कुरा नउठाएकोले उनलाई समातेर कालो मुसो दल्दै घोप्टो पारेर लातले दिनुस।’
कार्यक्रममा व्यापारीहरुलाई ऋण नतिर्न उस्काउदै, सरकरले २० लाख भन्दा मुनिको ऋण मिनहा गर्नु पर्ने धारणा राखेका थिए ।
प्रसाईले विगत केही महिनादेखि ऋण मिनाहा गराएर ऋणीहरूलाई मुक्ति दिलाउने भन्दै आन्दोलन गरिरहेका छन्। पछिल्ला सार्वजनिक कार्यक्रमहरूमा उनले कानुन विपरीत मानिएको यो मुद्दा निरन्तर उठाउँदै आएका छन्।
स्मरणीय होस्- संघका अध्यक्ष सारडाले केहि दिन अगाडी नै पत्रकार सम्मेलन मार्फत आफू र आफ्ना संस्था जिल्ला उद्योग वाणिज्य संघ सिरहा बैंक र वित्तिय संस्था कर्जा पिडितहरुको साथमा रहेको बताएका थिए ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A