अभिव्यक्ति नसच्चाए सल्लाहकार पदबाट राजीनमा दिन्छु : विकास शारडा

  • माघ ४, २०८०
  • समृद्धिपथ
alt


जीवछ उदासी
लहान माघ ४ गते ।


माघ २ गते लहान –१ नयाँ वसपार्कमा आयोजित सभामा मर्यादा विपरित दिएको अभिव्यक्त दुर्र्गा प्रसाइले नसच्चाए बैंक लघुवित्त र सहकारीको अत्याचार विरुद्धको रिन पीडित संघर्ष समिति सिरहाको सल्लाहकार समतिबाट राजीनमा दिइने जिल्ला उद्योग वाणिज्यसंघ लहान सिरहाका अध्यक्ष विकास शारडाले बताउनु भएको छ ।विहिबार वाणिज्य संघको सभा हल लहानमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनु भएको हो ।

संचारकर्मीहरुसँग पत्रकार सम्मेलनमा अध्यक्ष शारडाले भन्नुभयो,‘आफू व्यापारीहरु तथा व्यवसायीहरुको हकहितमा सदा समर्पित भएर काम गरिरहेको छु । हरेक निर्णय संघको अधिकारिक निर्णयबाट अघि बढ्नु मेरो कर्तव्य रहेकोले सोहि अनुसार पदीय दायित्व निर्वाह गर्दै आइरहेको छु ।’मघ २ गते राष्ट्रिय राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका अभियन्ता प्रसाइले लहानको सभामा उद्योग वाणिज्य संघले व्यापारी व्यवसायीहरुको पक्षमा साथ नदिएकोले लातीले हान्नुपर्ने अराजक अभिव्यक्त दिएपछि जिल्ला उद्योग वाणिज्य संघ लहान सिरहाको ध्यान आकर्षित भएको अध्यक्ष शारडाले प्रष्टयाउनुभयो ।

व्यापारी व्यवसायीहरुको हितमा संघर्ष समिति खडग नारायण चौधरीको अध्यक्षतामा गठन गर्न संघको हल उपलब्ध गराउनुको साथै संघर्ष समितिको सल्लाहकार समेत भएर बसेको अध्यक्ष शारडाले प्रष्टयाउँदै मार्यादालाई समेत ख्याल नगरी दिएको अराजक अभिव्यक्ति प्रसाइले सच्चाएर आत्मआलोचना नगरे सल्लाहकारमा बसिरहन उचित नभएको जानकारी गराउनुभयो ।
मघ २ गतेको सभामा नागरिक बचाउ अभियानका सगरमाथा अञ्चलका संयोजक हरि किशोर महतो,मधेश प्रदेशका संयोजक नरेश साह राजविराजका रैथाने मरवाडी समाजका बैधनाथ मुन्धडा र मिचैयाका व्यापारी देवकृण साहले आफ्नो अभिव्यक्तिमा समेत जिल्ला उद्योग वाणिज्य संघ व्यवसायीहरुको हितमा नरहेकोले यसको सामान्तर संगठन तयार हुने धारणा समेत व्यक्त गरेका थिए ।

दुर्गा प्रसाइले विस लाखसम्मको ऋण मिनहा हुनुपर्ने,विस लाखभन्दा बढीको ऋणीलाई विस वर्षसम्मको समय दिएर व्याज कम गर्नुपर्ने, चर्को ब्याज असूली गरिरहेको बैंकको व्याज तिर्न नसकेर झुण्डिएर मृत्युको मुखमा पर्नबाट जोगाउन दुर्गा प्रसाइले थालेको राष्ट्र राष्ट्रियता,धर्म संस्कृति र नागरिक बचाउ अभियानले उठाइरहेकोले हामी यसमा सहभागी भएको सिरहा संघर्ष समिचितका संयोजक खडगनारायण चौधरीले बताउनुभयो ।

 

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

कति उपलब्धिमुलक रह्य ...

काठमाडौँ, १२ वैशाखः कतारका अमिर शेख तमिम विन हमाद अल था ...

राष्ट्रपतिद्वारा कता ...

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल ...

राष्ट्रपति पौडेल र क ...

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवाय ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A