भायानेटले सार्बजनिक गर्‍यो पहिलो प्रकारको “बाइ वान गिफ्ट वान फ्री“ योजना

  • माघ ८, २०८०
  • समृद्धिपथ
alt

काठमाडौं । भायानेट कम्युनिकेसन लिमिटेडले “बाइ वान गिफ्ट वान फ्री’’ अर्थात एक किन्दा एक उपहार इन्टरनेट योजना सार्बजनिक गरेको छ।

नेपालमा फाइबर इन्टरनेट, आइपिटिभी र एक्जिएस फाइबर टेक्नोलोजीको अग्रणी संस्था भायानेटले नयाँ जडान र नवीकरण गर्ने ग्राहकहरूका लागि यो योजना सार्वजनिक गरेको हो ।

यस योजना अतर्गत भायानेटको इन्टरनेट नवीकरण वा नयाँ जडान गर्ने ग्राहकले आफ्ना नजिकका प्रियजनलाई १२५ एमबीपीएस ३ महिनाको प्याकेज सित्तैमा उपहार दिन सक्ने र बदलामा आफ्नो लागि थप एक महिनाको इन्टरनेट निःशुल्क प्राप्त गर्न सक्ने प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।

यो योजनामा योग्य हुनको लागि भायानेटका ग्राहकले ३, ६ वा १२ महिनाको सदस्यता अवधिको साथ १२५ एमबीपीएस वा सो भन्दा माथिका उच्च गतिको इन्टरनेट प्याकेज नवीकरण वा जडान गर्नुपर्ने जनाइएको छ ।

भायानेटका अनुसार- एक पटक योग्य भएपछि, ग्राहकले एसएमएस मार्फत उपहार भौचर कोड प्राप्त गर्नुहुनेछ जुन उहाँहरुले आफ्नो प्रियजनलाई प्रदान गर्न सक्नुहुनेछ । गिफ्ट भाउचर प्राप्त गर्ने व्यक्तिले भायानेटलाई सम्पर्क गरी १२५ एमबीपीएस ३ महिनाको रु २७००+ भ्याट बाराबरको इन्टरनेट प्याकेज उपहार दाबी गर्न सक्नेछन् । उपहार भाउचर नयाँ जडानको लागि मात्र उपलब्ध छ र यसमा जडान शुल्क भने लागू हुनेछ। उपहार भौचर दाबी गरिसकेपछि, आफ्नो प्रियजनलाई उपहार भाउचर दिने मूल ग्राहकले नयाँ ग्राहकलाई भायानेट जडान गर्न सहयोग गरे बापत १ महिनाको इन्टरनेट निःशुल्क पाउनेछन्।

“हामी हाम्रा ग्राहकहरूका लागि यो आकर्षक योजना ल्याउन पाउँदा खुसी छौं। हामी विश्वास गर्छौं कि कनेक्टिभिटीको उपहार, विशेष गरी आजको द्रुत रूपमा डिजिटलाइजिङ संसारमा अर्थपूणर् मात्र होइन मूल्यवान पनि छ। हाम्रो संस्थाको ग्राहक वृद्धि गराउनमा स्वम ग्राहकहरू सबैभन्दा ठूलो शक्ती र ग्राहक रेफरल मुख्य स्रोत रहँदै आएको छ। हाम्रा सेवाहरू रेफर गर्ने ग्राहकहरूको उच्च संख्या हुनु ग्राहकको सेवा प्रती हाम्रो निरन्तर प्रतिबद्धताको प्रमाण हो। हाम्रा सेवाहरूलाई अझ धेरै ग्रहकले रेफर गर्दै यस परियोजना बाट धेरै भन्दा धेरै ग्राहकले फाईदा लिन सकुन भनेर नै यस इन्टरनेट उपहार दिने अवधारणा ल्याएका हौ।“ भायानेटका सेल्स एण्ड मार्केटिङ उपाध्यक्ष शहिन श्रेष्ठले बताउनु भयो ।

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

कति उपलब्धिमुलक रह्य ...

काठमाडौँ, १२ वैशाखः कतारका अमिर शेख तमिम विन हमाद अल था ...

राष्ट्रपतिद्वारा कता ...

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A