जिवा खोलाको पूल निर्माण भएपछि स्थानीय खुसी

  • माघ ११, २०८०
  • समृद्धिपथ
alt


जीवछ उदासी
लहान,माघ ११ गते ।
मिर्चैया नगरपालिकाको ग्रामीण भेगका स्थानीयहरुलाई शहरी क्षेत्रसँग आवत जावत गर्न जिवा खोलामा पूल निर्माण भएपछि खुसी भएका छन् ।

स्थानीयहरुको अनुसार जिवा खोलामा पूल नहुँदा थप तीन किलोमिटर घुमेर मिर्चैया बजारको कामले र नगरपालिकाको कामले जानुपर्दथ्यो । वर्षातको समयमा रजैया सडक पुरै बन्द रहन्थ्यो । पूल निर्माण भएपछि तीन किलोमिटर बाटो छोटियो । ग्रामीण भेगबाट जाने पूर्व पश्चिम पूर्वमा चोहर्वा सिरहा खण्डका नरहा र विषणुपुर गाँउपालिका देखि बडहरामाल हुँदै कमालासम्म बीस किलोमिटर सडकमा मिर्चैया नगरपालिकाले जीवा खोलामा पूल निर्माण गरि दिएपछि एउटा समस्या टरेको स्थानीय हेम कुमार यादवले भन्दै बतहा खोलामा समेत पुल निर्माण कार्य भइरहेको बताउनुभयो ।

बतहा खोलाको पुल निर्माण सम्पन्न भएपछि रजैया सडक वैकल्पिक सडकको रुपमा प्रयोग गरेर हिमाल सुगर मिलसम्म सजिलै उखु पुरयाउन किसानहरुकोलागि सहज हुने दक्षिणी भेगका किसानहरुले खुसी व्यक्त गर्नुभयो । पटक पटक विगतका संघीय चुनाव प्रदेशसभाको चुनाव र त्यसभन्दा अघि प्रतिनिधि सभाको चुनावहरुमा जिवा र बतहा खोलामा पूल निर्माण गरि दिइने ठूला ठूला प्रतिवद्धताहरु किसानसँग गरेपनि कसैले पुरा नगरेको स्थानीय कृषक जुगेश्वर यादवले सुनाउनुभयो । उहाँको अनुसार नगरप्रमुख वर्षैको किसानको सपना सकार गर्न नगरप्रमुख यादवले जिवा खोलामा पुल निर्माण भयो र बतहामा काम जारी छ । अब किसानलाई उखु खेतिको लागि ठूलो राहत भयो ।

जिवा खोलामा साढे चार करोडमा पूल निर्माण चार महिना अगाडि सञ्चालनमा ल्याइसकेको नगरप्रमुख श्रवण कुमार यादवले भन्दै पूल निर्माण भएपछि मिचैृया नगरपालिका वडा नम्बर १,४र ५वडालाई प्रत्यक्ष लाभ भएको बताउनुभयो । बतहा खोलामा सात करोडको लागतमा पूल निर्माणको काम दुई वर्षमा सम्पन्न हुनेगरी काम अघि बढिसकेको उहाँले बताउनुभयो । नगरप्रमुख यादवले भन्नुभयो,‘ मिचैया नगरपालिकाको गामीण क्षेत्रलाई शहरी क्षेत्रसँग जोडेर शिक्षा स्वास्थ्य र कृषि क्षेत्रमा काम गरेको कामले नै दुई पटक नगरप्रमुखमा जनताले निर्वाचित गरेको छ । दोस्रो कार्यकालमा चुनावी प्रतिवद्धता अनुसार शिक्षा, स्वास्थ्य कृषि पूर्वाधार र पर्यटन क्षेत्रमा गरेका काम पुरा गर्नेगरी अघि बढेका छौं ।’

बतहा खोलाको ५० मिटर चौडाई दुई स्पाम रहने गरी भारवहन जाँच समेत भएर काम दु्रत गतिमा भइरहेको इन्जिनियर राज किसोर साहले भन्दै वर्षैभरी पानी चल्ने बतहा खोलाको पानीलाई सिंचाई प्रयोजनको लागि समेत प्रयोग गर्न सकिने जानकारी दिनुभयो ।

 

 

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

कति उपलब्धिमुलक रह्य ...

काठमाडौँ, १२ वैशाखः कतारका अमिर शेख तमिम विन हमाद अल था ...

राष्ट्रपतिद्वारा कता ...

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A