साहले फलाए महँगोमा बिक्री हुने दुई रङ्गको कोबी

  • माघ २४, २०८०
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

लहान माघ २४ गते । 

प्राय कोबी सेतो रङ्गको हुने गरेको छ । किसानले यहि रङगको उत्पादन गर्ने गरिन्छ । तर, लहान-२४ झुटकीको किसान रतन साहले बैजनी र पहेलो रङ्गको महँगोमा बिक्री हुने कोबी फलाएर राम्रो आम्दानी हुने भएपछि आउने वर्षदेखि उत्पादनको दायरा बढाएर राम्रो आम्दानी गर्ने भनेर हौसिनु भएको छ । 

रतन साह भन्नुहुन्छ,'विदेशमा रहेको बेला फेसबुकमा यस्ता रङगका कोभी देखेर स्वदेश फर्केपछि उत्पादन गर्ने प्रण गरेका थिए । भारतबाट विउ ल्याएर यसवर्ष बैजनी र पहेलो रङगका कोबी फलाउन सफल भए । बजारमा प्रतिकिलो दुई सयको दरले बिक्री भयो । अर्को वर्षदेखि आठ कोठामा कोबी उत्पादन गर्ने सोच बनाएका छु ।' 

IMG_20240207_144158

 जब किसानलेफेसबुकमा हेरेर यति गर्न सफल भयो भने कृषि शाखाले लहानको माटोमा उत्दान हुने तरकारी र अन्य बालीको लागि खोज अनुसन्धान गरेर किसानको जीवनस्तर उकास्न जरुरी रहेको लहान -१३ का कृषक सत्य नारायण यादवको भनाइ छ । 

लहान नगरपालिका -३,९,१३,१४,१५,१६,१७,१८,१९,२०,२१,२३ र २४ तरकारी खेतिको लागि पकेट क्षेत्र घोषणा गरी किसानको जीवन स्तर उकास्न कृषिमा लगानी, निगरानी,बजार व्यस्थापन र चिस्यान केन्द्र आवश्यक रहेको तरकारी खेतिमा लागेका किसानहरुको माग रहेकोछ ।

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

कति उपलब्धिमुलक रह्य ...

काठमाडौँ, १२ वैशाखः कतारका अमिर शेख तमिम विन हमाद अल था ...

राष्ट्रपतिद्वारा कता ...

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A