पत्रकारितामा जवाफदेहिता आवश्यक : अध्यक्ष यादव

  • फाल्गुन १५, २०८०
  • समृद्धिपथ
alt

जीवछ उदासी 

लहान, फागुन १५ गते । आम सञ्चार प्रधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले पत्रकारितामा जवाफदेहिता आवश्यक रहेको बताउनु भएको छ । 

जय माता दी मिडिया हाउस प्रालिद्वारा सञ्चालित बालासुन्दरी खबर राष्ट्रिय साप्ताहिक पत्रिकाको विमोचन गर्दै सोमबार सिरहाको भगवानपुरमा यस्तो बताउनु भएको हो । 

व्यवस्था परिवर्तनसँगै पत्रकारिताको विकासले गति लिनु सकारात्मक पक्ष भएको उहाँले बताउनुभयो । अध्यक्ष यादवले भन्नुभयो,'पत्रकारितामा जवाफदेहिता र पत्रकार आचार संहितालाई समेत ध्यानमा राखेर पत्रकारिता गर्न आवश्यक देखिएको छ ।' 

नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष मनोज बनैताले ग्रामीण क्षेत्रमा पत्रकारिताले गति लिइरहेको बताउनुभयो । उहाँले थप्नुभयो,' सिकारु पत्रकारहरुले सिक्ने जागर राखेर काम गर्नु जरुरी छ । महासंघले तालिमको व्यवस्था मिलाउन गृहकार्य गरिरहेको छ ।' 

बालासुन्दरी खबर साप्ताहिकका सम्पादक राम एकबाल रामले नियमित ग्रामीण भेगका समाचारलाई प्राथमिकता दिई पत्रकारिता अचार संहिताको पालना गरी प्रकाशित गरि रहने विश्वास व्यक्त गर्नुभयो ।

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

कति उपलब्धिमुलक रह्य ...

काठमाडौँ, १२ वैशाखः कतारका अमिर शेख तमिम विन हमाद अल था ...

राष्ट्रपतिद्वारा कता ...

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A