करोडौको ठगी गरेर सिरहा ज्ञानकेन्द्रका कर्ण फरार

  • फाल्गुन २८, २०८०
  • समृद्धिपथ
alt


जीवछ उदासी
लहान, फागुन २८ गते ।

कृषि ज्ञानकेन्द्र सिरहाका करारका कर्मचारी सहयोगी अजय कर्ण सिरहाका विभिन्न पालिकाका लगभग एकसय कृषकहरुलाई अनुदानमा ट्याक्टर उपलब्ध गराइ दिने अश्वासन दिएर करोडौ रकम सङकलन गरेर फरार भएको छ ।
औरही गाउँपालिका वडा नन्मर –२ की ४० वर्षिय पुनिता देवी महतोले आफूसँग बजारमा तेह्र लाखपर्ने ट्याक्टर अनुदानमा आठ लाखमा दिइने विश्वास दिलाएपछि आफूले चार जना किसानसँग सैतिस लाख ६५ हजार रकम लिएर कार्यालयका करार कर्मचारी कर्ण फरारर भएको पीडा पोख्नुभयो ।

पीडित महतोको अनुसार आफू एक सक्रिय किसान रहेकोले कृषि ज्ञान केन्द्र सिरहा गइरहने क्रममा कार्यालयका करार कर्मचारी अजय कर्णले अहिले ५० प्रतिशत अनुदानमा ट्णक्टर दिइरहेकोले चार पाँच जना कृषकहरुसँग आठ लाखको दरले रकम सङकलन गर्न विश्वास दिलाएपछि कृषकहरु प्रेमनाथ यादव, लालु यादव,उमेश कुमार साह दाजु भाईसँग गरी चारजना कृषकहरुसँग ३७ लाख ६५ हजार रकम दिएको डेढ वर्ष हुन लाग्यो । केहि महिना पहिलेदेखि तागेदा गर्दा उक्त रकमको विभिन्न बैंकको नाउँमा चेकदिएर विश्वास दिउाउनु भयो । कर्णले नेविल बैंकको नाउँमा मिति २०८० कातिक १९ गते आफ्नो नाउँमा रहेको नेविल बैंकको चेक र२०८० कातिक २० गतेमा ग्लोवल आईएम बैंकको खाताबाट रु सात लाख ६५ हजार चेक मेरो नाउँमा दिइको थियो । दिइएको चेक लिएर पटक पटक जाँदा त्यति रकम नहुँदा बैंकले फिर्ता पठाएको थियो । रकम नै नरहेको खाताको चेक लिएर नआउन बैंकले यस्तो चेक बदर हुने कार्वाही समेत हुने भनेपछि खोजीमा लागियौ ।

डेढ दर्जन कृषकहरु ठगीमा परेका आफू मार्फत परेको औरही गाँउपालिकाका मनोज यादवले पीडा सुनाउनुभयो । करोडौ रकम लिएर फरार रहेका अजय कर्णले एक वर्ष अगाडि विवाह गर्दा २५ तोला सुनको गहना र जयन्ती जानेहरुलाई कोट पैन्ट दिनुको साथै लाखौ रुपियाँको सजावट गरेपछि एक जना करारका कर्मचारीले कहाँबाट यति रकम ल्याएयो भने कर्णको गाउँ सिरहा नगरपालिका वडा नम्बर –१० नरहैयामा चर्चा नै चलेको कुरा पीडितहरु कर्णको घर जाँदा गाउँलेहरु सुनाइरहेका पीडित महतोले बताउनुभयो । दिनुहुँ कर्णको घरमा ठगीमा परेका दर्जनौ किसानहरु आइरहेको अजय फरार अजय कर्णको पिता कृष्णदेव लाल कर्णले स्वीकार गर्नुभयो । छोराले ठगी गरेर भागेका करोडौ रकम कहाँबाट दिइने पीडितहरु दिनहुँ घरसम्म आउँदा आफै तनावमा रहेको पीडा पोख्नुभयो । पीडित कृषकहरु घर र कार्यालय धाउन थालेपछि अजय कर्णले मोवाइल स्वीच अफ गरेर फरार रहेको छ ।

कृषि ज्ञान केन्द्रका फरार कर्मचाारी अजय कर्णबारे जिल्ला प्रहरी कार्यालयका सूचना अधिारी रविन्द्रराज पाण्डेले बैंकिङग कसुर तथा सजाय ऐन २०६४ को दाफा १८ बमोजिम कारवाही अगाडि बढाउन फरार करार कर्मचारी कर्णको खोजी भइरहेको बताउनुभयो ।

कृषिज्ञान केन्द्रका एकजना करार कर्मचारीले यत्रो रकम ठगी गरेर फरार भएपछि यस घट्नालाई छानविन गरी पीडित किसानहरुलाई न्याय दिलाउन समब्न्धित ठाउँमा आवाज उठाउने सिरहाबाट नेकपा एमाले केन्द्रिय सदस्य तथा संघीय सांसद गङगा प्रसाद यादवले बताउनुभयो । उहाँले भन्नुभयो,‘किसानका लागि आउने अनुदान रकमहरुबारे यत्रो ठगी हुँदा कार्यालय प्रमुख कसरी बेखर रहनुभयो ? यसको छानविन आवश्यक छ । ज्ञानकेन्द्र किसानमुखी नभएर कमिसन खान पल्केको गुनासो धेरै सुनेको छु ।’

 

 

 

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

कति उपलब्धिमुलक रह्य ...

काठमाडौँ, १२ वैशाखः कतारका अमिर शेख तमिम विन हमाद अल था ...

राष्ट्रपतिद्वारा कता ...

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल ...

राष्ट्रपति पौडेल र क ...

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवाय ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A