जीवछ उदासी
लहान,चैत ५ गते ।
लहान नगरपालिका -२१ कलाबञ्जर मुसहर समुदायको वस्तीमा आगलागी हुँदा दुई घर जलेर नष्ट भएको छ ।
आइतबार बेलुका आशाराम सदायको ५ वर्षे छोरीले झुलामा झुलिरहेकोबेला लाइटर बालेपछि आगो सल्केर आगो लागेको थियो । आशारामको पिता कमली सदाय इटा भठामा काम गर्न गएको बेला आगलगी हुँदा घरमा भएका अन्न,लुगाकपडा ,नागरिकता ज्येष्ठ नागरिक भाता दिइने कागज र भाडावर्तन सबैगरी एकलाखभन्दा बढीको क्षति भएको लहान-२१ का वडाध्यक्ष राजकुमार यादवले जानकारी दिनुभयो ।
पीडित सदाय परिवारलाई वडा कार्यालय र नगरपालिकाबाट आवश्यक राहतको लागि पहल भइरहेको वडाध्यक्ष यादवले जानकारी दिनुभयो ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A