प्रसूति सेवा लिन जाने महिलाहरुको मृत्यु नै हुनुपर्ने बाध्यता कहिलेसम्म ?

  • असार ५, २०७७
  • समृद्धिपथ
alt

जिवछ उदासी

लहान । लहान १ मा रहेको लिला मदन प्रसूति घरमा सप्तरी खरछुइया घर भएकी २० वर्षिय मौषम खातुनको मृत्यु बुधबार राती भयो । यो मृत्यु लहानमा पहिलो पटक होइन, कैयन पटक यस्तो घटनाहरु लहान स्थित विभिन्न निजी अस्पताल र क्लिनिकहरुमा घट्दै आइरहेको छ । प्रसूति गराउन जाने महिलाहरु ज्यान गुमाउनुपर्ने बाध्यता कहिलेसम्म सर्वत्र चिन्ता र चासोको विषय भएको छ ।

मृत्यु भएपछि एक दुई दिन नारा जुलुस विरोध हुन्छ, पीडित पक्षलाई मिलाईन्छ, केहि महिना निजी अस्पताल क्लिनिकहरु सचेत हुन्छ फेरि कमाइको चक्करमा प्रसूति गराउन आउने महिला र नव जात शिशुको जीवनसँग मजाक गरेर भएपनि रकम असूल गर्न बन्द गर्दैन । यहि हो लहानको स्वास्थ्य क्षेत्रको व्यथा र असली कथा ।

जेठ १७ मौसम खातुन प्रसूति गराउन लिलामदन प्रसूति घरमा भर्ना हुन्छ , त्यहि दिन त्यसका संचालक चिकित्सक प्रसूति रोग विशेषज्ञ दिलिप साहले शल्यक्रिया गरेर सफल रुपमा प्रसूति गराएको पाँच दिनपछि २२ गते अब प्रसूति घरमा बस्न सक्दिन बरु गाँउकै डाक्टरसँग टाँका कटाउने खर्च तिर्न गह्रो भयो भनेर घर फर्किन्छ । घरमा घाउ विस्तार हुन थालेपछि २८ गते जेठ फेरि लिलामदनमा भर्ना भएर अर्को शल्यक्रियामा थप ३० हजार तिरेर गराउनुपर्ने बाध्यता हुन्छ । अन्तयमा असार ४ गते राती मृत्यु हुन पुग्छ मौषम खातुनको ।

मौसम खातुनको त मृतयु नै भयो त्यहि अस्पतालमा ५ दिन अघि छोरा बच्चा शल्यक्रिया गराएर जन्माएकी लहान १८ बैरबोनाकी २१ वर्षिय अमिना खातुन असार ४ गते मौसमको मृत्यु देखेपछि म बस्दिन यस प्रसूति गृहमा भन्दै घरतिर फर्किने बनेलामा अमिनाले भनिन, मेरो पति कलाम समान्य मजदूर हो । शल्यक्रियामा ३५ हजार खर्च भैसक्यो । अझैपनि चिकित्सक साहले रकम बाँकी छ घर जान दिन्न भनेर रोक्दा रोक्दैपनि प्रसूति गृहबाट जर्वजस्ती बाहिर निस्किएको अमिनाको पीडा रहेको छ ।

lila 2 photo
यसभन्दा अगाडि लहान स्थित गुरुकूल अस्पताल,सप्तऋषि अस्पतालमा समेत प्रसूति गराउन गएका महिलाहरुले ज्यान गुमाइ सकेर जिल्लामा छानविन समिति बनेर केहि कारवाही नभएपछि निरन्तर लहानका निजि अस्पतालहरुमा धन र जन दुबै गुमाउनु परेको अवस्था अहिले सम्म चलिरहेको छ ।

नेपाल सरकारले घरमा प्रसूति गराउनु हुँदैन,अस्पतालमा गराउनुपर्छ भन्ने प्रचार प्रसार गरीरहेको छ । लहान स्थित राम कुमार उमा प्रसाद अस्पतालमा प्रसूति गराएपछि सरकारबाट नै सेवा सूविधा पाउने हो । सरकारी अस्पतालमा प्रसूति गराए शल्यक्रियामा लाग्ने सात हजार खर्च पनि सरकारले नै व्योरिदिने व्यवस्था भएपनि अस्पतालमा प्रसूति सेवा सुचारु विश्वसनीय नहुँदा लहानमा प्रसूति सेवाको नाममा ब्रम्हलुट र ज्यान गुमाउनु पर्ने अवस्था देखिएको पीडा पोख्नेहरुको संख्या उल्लेखनीय भएपनि लहानको प्रसूति ब्रम्हलुट गर्न छाडेको छैन् ।

लहान नगरपालिका स्वास्थ्य संयोजक राम सुन्दर यादवका अनुसार राउ अस्पताल लहानमा प्रसूति सेवा प्रभावकारी रुपमा संचालन भएको भए यत्रो रकम तिरेर पनि ज्यान गुमाउनु पर्ने अवस्था आउने थिएन । लिलामदन प्रसूति घर सिरहामा नै दर्ता रहेको छ । त्यसका संचालक चिकित्सक प्रसूतिरोग विशेषज्ञ भएकोले शल्यक्रिया गर्न सक्नु हुन्छ । अरु थप विषय अहिले भन्न सक्दिन बुझेर बुझेरपछि जानकारी गराउने बताउनुभयो ।

मौसम खातुनको लास घरपरिवारका मानिसहरुले बुझेर लगेको छ । पोष्टमार्टमको लागि राउ अस्पताल लहानमा राखिएको इलाका प्रहरी कार्यालय लहानका नायव उपरीक्षक शरद थापा क्षेत्रीले भन्दै मृतक मौसम खातुनको पिता अजुव अन्सारीले जाहेरी दिई सकेको अवस्था छ भने पोस्टमार्टमपछि अझै अनुसन्धान अघि बढ्ने बताउनुभयो ।

सिरहा १ (ख) प्रदेश सभा सदस्य अशोक कुमार यादव केहि महिना अघि मोटरसाइकल दुर्घटनामा परेर राउ अस्पताल भर्ना हुँदा त्यहा सेवा उपलब्ध नहँदा अन्य सामान्य नागरिकलाई अस्पतालमा कसरी सेवा उपलब्ध हुने जन मानसमा छाप पर्न थालेपछि अस्पतालमा जानु भन्दा बरु खर्च नै होस् तर निजी अस्पताल क्लिनिकमा नै उपचार गराउने उद्येश्यले अस्पताल भन्दा निजी क्लिनिकहरुमा चर्को रमकसँगै ज्यान गुमउन बाध्य भइरहेको लहानका स्थानीयहरुको दुखेसो छ ।

विरामी लिन जाने एम्बुलेन्स चालकहरुले विरामीलाई लहान स्थित राउ अस्पतालमा लैजानुको सट्टा निजी क्लिनिक र अस्पतालहरुमा विरामी पुरयाएर कमिशन लिने गरेकोले कतिपय गाँउ देहातका गरीव दलितहरु सरकारी अस्पताल नपुगेर निजी क्लिनिक र अस्पताल जानुपर्ने बाध्यता रहँदै आएको छ ।

 

अज्ञात समूहद्वारा लु ...

फिरोज सिद्दिकी लहान, बैशाख २० गते । लहान सुनचाँदी व्यव ...

पुस्तकालयको विकास सर ...

जीवछ उदासी  लहान,१८ गते । सामुदायिक तथा सार्वजान ...

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A