पुस्तकालयको विकास सरकारको प्राथमिकतामा पर्नुपर्ने माग

  • बैशाख १८, २०८१
  • समृद्धिपथ
alt

जीवछ उदासी 

लहान,१८ गते ।

सामुदायिक तथा सार्वजानिक पुस्तकालयहरुको विकास तीनै तहको सरकारको प्राथमिकतामा पर्नुपर्ने आवाज सरोकारवालाहरुले उठाएका छन् ।लहान–११ स्थित सृजना सामुदायिक पुस्तकालयले आयोजना गरेको सामुदायिक तथा सार्वजानिक पुस्तकालयहरुको मधेश प्रदेश स्तरीय पहिलो सम्मेलनमा सरोकारवाला अगुवाहरुले यस्तो आवाज उठाएका हुन् ।

जेएस मुरारका बहुमुखी क्याप्सका प्रध्यापक जितेन्द्र कुमार चौधरीले पठन संस्कृतिको विकासको लागि सामुदायिक पुस्तकालयहरुको विकास आवश्यक रहेको बताउनुभयो । विकृतिको दलदलमा फस्दै गइरहेको युवाहरुलाई शिक्षा चेतना र स्वास्थ्यको लागि सामुदायिक विद्यालयप्रति चासो जगाउन व्यस्थित पुस्तकालय र पुस्तकालयको माध्यमबाट खेलकुद समेत जोड आवश्यक रहेको उहाँले तर्क गर्नुभयो । एभरेष्ट क्लेजका प्रमुख धरणीधर अधिकारीले चेतना र परिवर्तनको जग बसाल्न पुस्तालयहरुले खेलेको भूमिकाहरुको स्मरण गर्दै यसको संरक्षण र विकासको लागि युग सुहँउँदो पुस्तकालय भवन निर्माण कर्मचारी व्यवस्थापनमा तीनै तहको सरकारको लगानी हुनुपर्ने बताउनुभयो ।

देशैभरीमा२०७८÷०७९ मा गरिएको सर्वेक्षण अनुसार ६८१ व्टा सामुदायिक पुस्तकालयहरु बन्द भएको र ९२८ मध्ये १०८ वटा पुस्तकालयहरु सञ्चालनमा रहेको दयनीय अवस्थामा मधेश प्रदेशका पुस्तकालयहरुको विकास र संरक्षणको लागि यो समम्मेलन निकै महत्व राखेको पुस्तकालय संघका केन्द्रिय सदस्य राजेन्द्र पाण्डेले धारणा व्यक्त गर्नुभयो । उहाँले थप्नुभयो,‘आफू प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा रहेर जति भित्रबाट खुसी थिएन, त्यसभन्दा बढी अहिले पुस्तकालयको उत्थान र विकासको लागि अभियानमा लाग्दा हर्षित छु ।’

पुस्तकालय संघ कोशी प्रदेशका अध्यक्ष भरत खडकाले पुस्तकालय विकासको लागि देशैभरी अभियानको सुरुवात भैसककेको छ । सातै प्रदेश स्तरको सम्मेलन सम्पन्न भएपछि यसको छाता संगठन पुस्तकालय महासंघ गठन गरेर तीनै तहका सरकारलाई आवश्यक नीति निर्माण गर्न दबाब सृजना गर्ने बताउनुभयो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव यादवचन्द्र निरौलाले पुस्तकालय विकास र संरक्षणको लागि आवश्यक ऐन कानुन नभएकाले संघीय तथा प्रदेशका मानननीयहरुले सबभन्दा कानुनु बनाउन आवश्यक रहेको ध्यान आकर्षण गराउनुभयो । उहाँले भन्नुभयो,‘अहिले बजेट निर्माणको समय छ । यसबारे सदनमा आवाज उठाएर बजेट व्यवस्थापनको लागि पहल आवश्यक छ । कनुन एन नभएपछि हामी चाहेरपनि केहि गर्न सक्दैनौ ।’

सृजना सामुदायिक पुस्तकालयको स्थापना २०३२ सालमा गर्दा आफूपनि यस पुस्तकालयको संस्थापक सदस्य रहेको स्मरण गराउँदै पुस्तकालय विकासको लागि विगत ६ महिनादेखि निरन्तर मधेश प्रदेशमा आवाज उठाएर शिक्षा मन्त्रालयसँग छलफल अगाडि बढाइरहेको प्रदेशसभा सदस्य राजेन्द्र प्रसाद चौधरीले धारणा व्यक्त गर्नुभयो ।

पुस्तकालयको स्थापना गरेर प्रजातन्त्रको लागि शिक्षा र चेतनाको लागि यस भेगमा पडरियाको सृजना पुस्तकालय र नेपाली काँग्रेसका चिन्तक स्वर्गीय नेता प्रदिप गिरीको गृह गाउँ बस्तीपुरमा स्थापना भएको पुस्तकालयले व्यवस्था परिवर्तनमा अहम भूमिका खेृलेको सङघीय सांसद गङगा प्रसाद यादवले बताउनुभयो । उहाँले थप्नुभयो,‘पुस्तकालयको संरक्षण र विकासको लागि आफू सदनमा आवज उठाउनेछुु । तीनै तहको सरकारले प्रत्येक पालिकामा व्यस्थित पुस्तकालय स्थापना गरेर युवाहरुलाई सहि दिशामा लैजान मद्यत गर्नेछ ।’

२०३२ सालमा पडरियाका सचेत युवाहरुले स्थापना गरेको सृजना सामुदायिक पुस्तकालय अहिलेपनि जीवित अवस्थामा रहेको पुस्तकालयका अध्यक्ष खडग नारायण चौधरीले भन्दै मधेश प्रदेशको पुुस्तकालयहरुलाई जीवन्त बनाउन योगदान गर्न तयार रहेको बताउनुभयो । यस पुस्तकालयलाई रीड संस्थाले गरेको सहयोगबाट गरीव विपन्न समुदायको जीवन उकास्न आर्थिक समृद्धिका कार्यक्रमहरु समेत गरिरहेको जानकारी गराउनुभयो । सम्मेलन मधेश प्रदेश स्तरीय समिति निर्माण गरेर सम्पन्न हुने आयोजकले जनाएको छ ।  सम्मेलनमा मधेश प्रदेशका आठै जिल्लाका प्रतिनिधिहरु सहभागी भएका छन 

 

  

सामुदायिक विद्यालयमा ...

   जीवछ उदासी सामुदायिक विद्यालययमा अंग्रेज ...

बम पड्काएर लहानमा लु ...

  २०८१ जेठ ०१, मङ्गलबार लहान । सिराहाको लहानमा स ...

पाठ्यपुस्तक पुनः प्र ...

३० बैशाख, २०८१काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन् ...

मधेश प्रज्ञा प्रतिष् ...

फिरोज सिद्दिकी लहान । मधेश प्रदेश अन्तर्गतका भाषा, कला ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A