सहमतिमा पाँचौ गाँउ सभा हुँदै,विकासको लागि सबै दल एकै ठाँउमा

  • असार १०, २०७७
  • समृद्धिपथ
alt

जिवछ उदासी

सिरहाको भगवानपूर गाँउपालिकमा यस वर्ष समयमा गाँउ सभा समपन्न गर्न र विकासको लागि भगवानपूर गाँउपालिकाका प्रमुख दुई दल एकै ठाँउमा उभिएका छन् । त्यस गाँउपालिकामा नव गठित जनता समाजवादी पाटीका गापा अध्यक्ष, उपाध्यक्ष सहित दुई वडा र तत्कालिन नेकपा एमाले अहिले नेकपाका तीन वडा र मनोनित सहित बहुमत सदस्यहरु निर्वाचित रहेका छन् ।

चारवटा गाँउसभा कहिलेपनि समयमा सम्पन्न भएन । समयमा गाँउसभा सम्पन्न नहुँदा समयमा विकास नहुने सास्ती त्यस गाँउपालिकाका स्थानीय र सेवा लिने लाग्राहीहरु समस्या खेप्दै आइरहेको जनगुनासो बढ्दै गइरहेको समस्यालाई ध्यानमा राखेर जनता समाजवादी र नेकपा विकासको लागि सहमति गरेर यस वर्ष समयमा गाँउसभा सम्पन्न गर्न लागेका हुन् ।

असार १० गते बुधबार सम्पन्न उद्घाटन सत्रमा अध्यक्षता गापा अध्यक्ष वेचन प्रसाद यादवले गर्नु भएको थियो भने त्यस गापामा नेकपा एमालेबाट थारै मतले पराजित हुनु भएको उग्र नारायण यादवले प्रम्ुख अतिथिको रुपमा सम्बोधन गर्नु भएको थियो ।

प्रमुख अतिथिको रुपमा उग्र नारायण यादवले भन्नुभयो,‘अब हामी बाहिय प्रभावमा नपरि विकासको लागि निकासको लागि एक भएर अघि बढौ । शिक्षा, स्वास्थ्य कृषि सडक लगायत विकास निर्माणका कामहरु समेत सहमतिकै आधारमा गर्न नेकपा अघि वढ्ने छ । सिरहा र सप्तरी जिल्लाको सीमाना समेत रहेको बलान नदिको पूर्व सप्तरीको बलान विहुल र पश्चिम सिरहाको भगवानपूर गाँउपालिका रहेको छ । भगवानपूर गाँउपालिकाको ५ नम्वर ठाडीमा बलान विहुल गाँउपालिकाले दावी गरेर बोर्ड झुण्डयाएकोले यसको लागि गाँउसभाले निर्णय गरेर बोर्ड हटाउन पहल गरोस साथै गाँउपालिकाको नाम बलासुन्दरी राख्न गाँउसभाले निर्णय गरुन ।’

bhagwanpur 2
गाँउपालिका अध्यक्ष बेचन प्रसाद यादवले आफू गाँउपालिकाको विकास निकास र प्रगतिको लागि कहिलेपनि बाधक नरहेको भन्दै यस वर्ष गााउ सभाबाट ३५ करोड २१ लाख ३९ हजार आठ रुपैयाँको बजेटलाई गाँउ सभाको बन्द सत्तबाट विनियोजन गरी सहमतिकै आधारमा दुबै दल मिलेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

दुई सत्ता अगाडि सरुवा भएर आउनु भएको प्रमुख प्रशसकीय अधिकृत दिलिप कुमार यादवले समयमै गाँउ सभा गर्न विश्वासनीय वातावरण बनाउन र दुवै दलका नेताहरुलाई समेत सहमति गराउन सफल भएकोमा उहाँलाई प्रमुख अतिथि उग्र नारायण यादव र गापा अध्यक्ष वेचन प्रसाद यादवले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

सहमतिको वातावरण बनेकोले यस पटक भगवानपूर गाँउपालिकामा नमूना काम होस् र दुबै दल विकास र निकासको लागि एक भएर जान सहमति सहकार्य र एकताको माध्यमबाट अघि वढ्नुपर्ने भगवानपूर १ का वडाध्यक्ष जनता समाजवादी पाटीबाट बद्र्री नारायण यादव र वडा नम्वर २ का वडाधयक्ष नेकपाबाट तेज नारायण चौधरी र संचारकर्मीहरुको तर्फबाट जिवछ उदासीले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

भगवानपूर अस्पतालको सभा हलमा सामाजिक दूरी कायम गरी सम्पन्न उद्घाट्न सत्रमा स्वागत मन्तव्य वडानम्वर ५ का वडाध्यक्ष अमरलाल यादवले गर्नु भएको थियो भने कार्यक्रमको संचालन गापाका नायव सुब्बा जय प्रकाश यादवले गर्नु भएको थियो । उद्घाटन सत्र सम्पनन भएसँगै बन्द सत्र सुरु भएको थियो ।

सहमतिका लागि त्यस गापाका स्थानीय समेत रहनु भएका नेताद्वय क्रमशः नेकपाका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री राम चन्द्र यादव र जनता समाजवादी पाटीका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री राजलाल यादवले समेत सहमतिको लागि पहल गर्नु भएकोले यस वर्ष समयमै गाँउ सभा सम्पन्न हुन लागेको हो । स्मरणरहोस् नेकपा नेता राम शंकर यादव भगवानपूर गाँउपालिकाको पूर्व गाविस अध्यक्ष र चर्चित नेता त्यहिको स्थानीय हुन् । सहमति सहकार्य र विकासको लागि उहाँको पनि भूमिका सराहनीय रहेको थियो ।

 

 

जेएस मुरारका क्याम्प ...

    जीवछ उदासी  लहान,बैशाख २८ गते ।&n ...

अज्ञात समूहद्वारा लु ...

फिरोज सिद्दिकी लहान, बैशाख २० गते । लहान सुनचाँदी व्यव ...

पुस्तकालयको विकास सर ...

जीवछ उदासी  लहान,१८ गते । सामुदायिक तथा सार्वजान ...

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A