जिवछ उदासी /फिरोज सिद्धिकी
सुखीपूर नगरपालिकाको चौथो नगरसभाले प्राथमिकतामा चार क्षेत्रलाई राख्दै ६४ करोडभन्दा बढीको बजेट पारित गरेको छ ।
विहिबार सार्वजानिक गर्दै नगरप्रमुख यादवले भन्नुभयो,सुखीपूरको जनतालाई सुखी बनाउने उद्येश्यका साथ शिक्षा,सडक, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेर नगरपालिकाले विगतदेखि काम गर्दै आइरहेको छ । यस वर्षको बजेटबाट अधुरा योजाहरुलाई पूरा गर्दै सुखीपूर नगरपालिकालाई नगरको स्वरुप दिन पक्की सडक, व्यस्थित अस्पताल, सुविधा सम्पन्न विद्यालय र कृषिलार्ई आधुनिकीकरण र आत्मनिर्भर बनाउन बजेट लक्षित रहेको प्रष्टयाउनुभयो ।
अगामी आर्थिक वर्ष २०७७÷०७८ को लागि ६४ करोड २२ लाख ६ हजार २८० रुपैया रकम विनियोजन गरेको प्रमुख यादवले जानकारी गराउनु हुँदै आन्तरिक आय अनुमानित मालपोतबाट समेत २ करोड ९० लाख,राजश्व वाँडफाँड अनुमानित नेपाल सरकार ७ करोड ९८ लाख ६ हजार २८०,सशर्त अनुदान प्राप्त नेपाल सरकार २१ करोड २२ लाख,वितिय समान्यीकरण अनुदान प्राप्तनेपाल सरकार११ करोड ९७ लाख,सशर्त अनुदान प्रदेश सरकारबाट एक करोड,वितिय समान्यीकरण अनुदान प्रदेश सरकार एक करोड ५० लाख,समपुरक अनुदान प्राप्त नेपाल सरकारबाट एक करोड ६५ लाख,गत वर्षको आन्तरिक अल्या ५ करोड,सामाजिक सुरक्षा भत्ता ११ करोड रहेको छ ।
नगरप्रमुख यादवले सुखीपुर नगरपालिकामा पत्रकारहरुको लागि भवन निर्माण गर्न एक कठा जग्गा र वीस लाख रकम उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्दै यसको लागि नेपाल पत्रकार महासंघले तत्परता देखाउनुपर्ने जानकारी दिनुभयो ।
प्रशासकीय प्रमुख श्रवण कुमार साहले यस वर्षका विनियोजि बजेटहरुलाई समयमै सम्पनन गर्नको लागि प्रशासकीय र प्राविधिक टोलीले सिमेत सुरुदेखि नै तयार रहेको दृढता व्यक्त गर्नुभयो । सार्वजनिकीकरण कार्यक्रममा ४ नम्बर वडाका वडाधयक्ष राम लाृेृभित यादव,९ नम्वरका रमेश ठाकुर,कार्यपासिलका सदस्य रिता देवी दास, कार्यपालिका सदस्य सोनावती महराको समेत उपस्थिति रहेको थियो ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A