टोल सुधार समितिको पहलमा पोर्ताहा गाँउ मदिरामुक्त घोषणा

  • श्रावण १२, २०७७
  • समृद्धिपथ
alt

जिवछ यादव÷ फिरोज सिद्दिकी


लहान,सखुवानन्कारकटि गाँउपालिका ३ पोर्ताहा टोल सुधार समितिको पहलमा औपचारिक रुपमा मदिरामुक्त गाँउ घोषणा गरिएको छ ।


शनिबार घोषणा सभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्न हुँदै सिरहा १ (ख) प्रदेशसभा सदस्य अशोक यादवले पोर्ताहा गाँउका युवाहरुले टोल सुधार समिति गठन गरेर गाँउलाई मदिरामुक्त र गाँउ घोषणा गर्न अथक प्रयास गरेपछि सफल भएकोमा यसलाई निरन्तरता दिइरहन सबैमा आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘जहाँ समस्या हुन्छ, त्यहिबाट समाधान पनि खोज्नुपर्छ भने मान्यतालाई यस गाँउका शिक्षित युवाहरुले प्रमाणित गरेर देखाई दिएको छ ।

 

प्रदेश २ कै लागि नमूना र प्रेरणादायी कार्य भएको छ । प्रदेश सरकारले ल्याएको बेटी पढाउ, बेटी बचाउ अभियान जस्तै यस अभियानको पनि महत्व छ । यस कार्यबाट प्रेरित भएर प्रदेश २ को सरकारले आठ वटै जिल्लामा यस अभियानलाई समेत अघि बढाउन आफूले प्रदेश सभाको सदनमा आफूले प्राथमिकताको साथ उठाउने छु । युवाहरुले गरेको सराहनीय कार्यलाई बल पुरयाउन प्रदेश सभा ,वडा र गाँउपालिका कार्यालयले सहयोग र साथ रहिरहने छ ।’

 madiramukta news.2 photo
घोषणा कार्यक्रममा गाँउपालिका अध्यक्ष केदारनाथ यादवले यस गापाको ३ नम्बार वडाको पोर्ताहा गाँउका युवाहरु ठूलो कार्य गरेको भन्दै लकडाउनमा घर आएका शिक्षित पढेलेखेका युवाहरुबाट रचनात्मक कार्य भएकोले यसलाई वढावा दिन गाँउपालिकाबाट चाहिएको आवश्यक सहयोग गर्न आफू तयार रहेको प्रतिवद्धता व्यक्त गर्नुभयो ।


बाल विवाहमुक्त १ नम्बर वडा मौवाही, मदिरामुक्त ३ नम्बर वडा पोर्ताहा र अब दाइजोमुक्त सम्पूर्ण गाँउपालिका घोषणा गर्न समेत गाँउपालिकाले सहयोग गर्न तयार रहेकोले सामाजिक अगुवा, राजनीतिक दलहरु र नागरिक सामाज अग्र मोर्चामा आउन तयार हुनुपर्ने तर्क उहाँले गर्नुभयो ।

madiramukta news.3 photo
३ नम्बर वडाका वडाध्यक्ष महेनद्र प्रसाद यादवले पोर्ताहाका युवकहरुले गरेको प्रयासमा आफूले सहयोग गर्दै आइरहेको विश्वास दिलाउदै भन्नुभयो,नपत्याएको खोलाले बगाँउदो रहेछ भने नेपाली उखान यस गाँउमा चरितार्थ भएको छ । मदिराकै सेवन गरेर कति दलित मुशहर समुदायको अल्प आयुमा नै मृत्यु भैसकेको छ । अन्य गाँउबाट विहानै मदिरा ्िलएर गाँउमा विक्रिी गर्न आउने मदिरा व्यापारीहरु कमाएर धनी भैसक्यो । गरीव दलितको कमाएको ज्याला सबै मदिरामा नै खर्चिने हुँदा गाँउको आर्थिक अवस्था जर्जर भैसकेको अवस्थामा लकडाउनको वेला युवाहरुबाट भएको प्रयासले यो गाँउ मदिरामुक्त भएकोमा यसलाई निरन्तरता दिइ रहन वडा कार्यालयबाट चाहिने सबै सहयोगको लागि तयार छौ ।

madiramukta news.4 photo
टोल सुधार समितिका अध्यक्ष सुरेश यादव र सचिव दिपेन्द्र यादवले हामी लबडाउनको समयमा निकै मेहनेत गरेर गाँउमा मदिरा खरिद विक्री र सेवन गर्ने कार्यलाई एक महिनादेखि बन्द गर्न सफल भएपछि घोषणा गरेका े भन्दै चुनावको वेला कत खरिद गर्न दारु भारु लिएर समेत यस गाँउमा प्रवेश गर्न नदिइने शिक्षा र चेतनाको माध्यमबाट समाजमा जागरण लयाएर परिवर्तनको पक्षमा लागेको जानकारी गराउनुभयो ।
सय घर मुशहर समुदाय रहेको त्यस पोर्ताहा गाँउमा मदिराकै कारण गरीवहरुको अवस्था जर्जर भइरहेकोले युवाहरुले मदिरा सेवन गर्ने सबैको आँखा खोलि दिने काम गरेकोले आजको दिनदेखि मदिरा,गाँजा,लागु औषध केहि पनि सेवन नगर्ने मदिार सेवन गरेर नै सधै माति रहने नथुी यादव लगायत मुशहर समुदायहरुले प्रण गरेका थिए । गाउलाई मदिरामुक्त घोषणा गरेपछि त्यस गाँउका महिलाहरु असाध्यै खुसी भएका छन् ।

 

 

अज्ञात समूहद्वारा लु ...

फिरोज सिद्दिकी लहान, बैशाख २० गते । लहान सुनचाँदी व्यव ...

पुस्तकालयको विकास सर ...

जीवछ उदासी  लहान,१८ गते । सामुदायिक तथा सार्वजान ...

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A