पुर्नगठित मन्त्रीमण्डलमा यसकारण श्रेष्ठ, यादव र साहलाई समेटियोस

  • भदौ १६, २०७७
  • समृद्धिपथ
alt

जिवछ उदासी
नेकपाको १८ गते बस्न लागेको सचिवालय बैठकबाट मन्त्री मण्डल पुर्न गठन हुने चर्चा चलिरहेको छ । यस विषयले प्राथमिकता पाउने प्रायः निश्चित नै छ । एमाले र माओवादी मिलेर बनेको नेकपामा पूर्व एमाले एमालेमा पनि ओली समूह, माधव समूह, झलनाथ खनाल समूह र बामदेव गौतम समूह र पूर्व माओवादीमा पनि यस्तै समूहरु यसपटक शक्ति संघर्षबाट प्रष्ट भयो । जेहोस संघर्ष रुपान्तरण र एकताको सुत्रबाट अघि बढयो । झण्डै फुट्न लागेको पार्टी फेरि चौतार्फी दबाबको स्वरुप फुटबाट जोगियो । विचारभन्दा पदको वाँडफाँडमा कुरा मिलेको देखियो । यसैको फलस्वरुप मन्त्री मण्डल पुर्न गठन हुन लागेको छ । कसको कोटाबाट को मन्त्री हुँदैछ ? विभिन्न मिडियाहरुबाट पनि सार्वजानिक भइरहेको छ ।

lilanath shreshtha news lekh. photo 1

सरकार संचालनको मध्यान्तरमा यस्तो मन्त्री मण्डलको दह्रो टिम आउनु परयो ताकि पार्टीले लिएको समृद्धि र समाजवादको यात्रामा अघि वढन सफल होस् । नेकपाको सात प्रदेश मध्ये ६ वटा प्रदेशमा सरकार छ । तर प्रदेश २ मा कमजोर देखिएको छ । समाजवादी र राजपा एकिकरण भएर जनता समाजवादी पार्टी भएपछि झनै मनोवैज्ञानिक रुपमा बलिायो देखिएको छ । यस हिसावबाट पनि मन्त्री मण्डल पुर्न गठन गर्दा नेकपाका सचिवालयको ध्यान जानुपर्ने देखिन्छ । प्रदेश २ बाट पूर्व नेकपा एमालेबाट रघुवीर महासेठ र पूर्व माओवादीबाट मातृका प्रसाद यादव मन्त्री भैसक्नुभयो । अहिले रामेश्वर राय यादव पनि मन्त्री हुनुहुन्छ । प्रदेश २ बाट मन्त्री मण्डलमा तीन वटा मन्त्री लिएर विकासे मन्त्रालय दियो भने यस प्रदेशमा जनता समाजवादीसँग मुकावला गर्न सक्ने तागत आर्जन गर्न सकिन्छ । नेकपाले प्रदेश २ लाई उपयोग गर्ने नीति त्यागेर यस प्रदेशमा आफ्नो बलियो उपस्थितिको लागि योजना र रणनीति बनाएर जान आवश्यक छ । सिरहा जिल्ला बामपन्थीहरुको किल्ला बनाउन सिरहालाई प्राथमिकता दिन त्यतिकै जरुरी छ ।

मन्त्रीको लागि सिरहा ३ बाट निर्वाचित लिलानाथ श्रेष्ठलाई मन्त्री बनाउन नेतृत्व नचुकुन । सिरहामा दुई क्षेत्र अहिले नेकपाले जितेको छ भने जित्नैपर्ने दुई क्षेत्र गुमाएको छ । उहाँलाई सिरहाबाट प्रतिनिधित्व गराएपछि प्रदेश २ को लागि मात्रै होइन, देशकै लागि सवल सफल मन्त्रीको भूमिका निर्वाह गर्नु हुनेछ भने विषयमा नेकपाका नेताहरु समर्थक जनताहरु मात्रै होइन, अन्य दलका नेता कार्यकर्ताहरुले समेत लिालानाथ भद्र, शिष्ट, जनताको पक्षमा काम गर्न सक्ने एक योजनाकार नेता हुनुहुनछ भने छाप रहेको छ । दोश्रो संविधान सभामा प्रचण्डसँग दह्रो प्रतिस्पर्धा गरी देशैभरिमा चर्चामा रहनु भएको श्रेष्ठ पार्टी एकिकरण भएपछि पूर्व एमाले र पूर्व माओवादी नछुटयाएर सबैसँग घुलमिल हुन सक्ने पार्टीलाई एकतावद्ध भएर लैजानुको साथै सबैको मन जित्ने प्रयास र प्रयत्न गर्न उहाँ चुक्नु हुन्न । सिरहा ३ अन्य क्षेत्रको तुलनामा प्रतिकूल रहेको थियो चुनाव जित्नको लागि भएपनि विकासवादी छवि भएको नेताको रुपमा उहाँलाई चुनावमा निर्वाचित गरेको घाम जस्तै छर्लङग छ ।

lilanath shreshtha news lekh.3 photo

प्रदेश २ का आठवटा जिल्लाहरुमा पूर्व एमालेबाट लिालानाथ श्रेष्ठ र रघुवीर महासेठ निर्वाचित सांसद हुनुहुनछ भने पूर्व माओवादीबाट सिरहाबाट सुरेशचन्द्र दास यादव,धनुषबाट मातुका प्रसाद यादव महोत्तरीबाट गिररिाजमणि पोखरेल,सर्लाहीबाट रामेश्वर राय यादव, रौतहटबाट प्रभू साह निर्वाचित सांसद मध्ये अब पूर्न गठित मन्त्री मण्डलमा प्रदेश २ बाट सिरहाले अवसर पाउनुपर्ने र लिलानाथ श्रेष्ठलाई मन्त्री बनाउनै पर्ने देखिन्छ । केन्द्रमा नै समूहबाट मन्त्री चयन हुँदा पूर्व एमालेबाट रघुवीर महासेठ मन्त्री भैसक्नु भएकोले यस पटक लिालनाथ श्रेष्ठको दावी स्वभाविक देखिन्छ । पूर्व माओवादीको कोटामा मधेशमा सिंङगै परिवार जनयुद्धमा त्याग र वलिदान गर्नुभएको राम वृक्ष यादवको छोरी बोधमाया यादवलाई पनि मन्त्री मण्डलमा समेटिए यसले पनि पार्टीमा उर्जा थप्ने छ भने पश्चिमबाट प्रभू साहलाई स्थान दिँदा प्रदेश नम्वर २ मा नेकपाले हरेक दृष्टिकोणबाट न्याय गरयो भने प्रभावकारी सन्देस जानेछ ।

lilanath shreshtha news lekh.2 photo

प्रदेश २ प्रति नेकपा सकारात्मक रहेको अभास हुनुको साथै छरिएका भ्रमका वादलहरु हटने छ । २० महिनापछि हुनेस्थानीय निर्वाचनमा समेत यसले दुर्गामी प्रभाव पार्ने देखिन्छ । प्रदेश २ मा नेकपाले आफनो जनशक्ति मजबूत बनाउनको लागि दृष्टिकोण फराकिलो बनाउन जरुरी छ । यस प्रदेशको शिक्षा, स्वास्थ्य कृषि र सामाजिक न्यायको पक्षमा नेकपाले मेहनेत नगरी नहुने अवस्था छ । प्रदेश २ बाट यी अनुहारहरुलाई मन्त्री मण्डलमा समावेस गरेर परिवर्तनका पक्षमा कामहरु गरयो भने आउने चुनावमा नेकपा सवैभन्दा बलियो प्रदेश २ नै हुनेछ ।

प्रदेश २ का जनतामा अझैपनि नेकपाका केन्द्रिय नेताहरुले उपयोगको नीति लिएको भने अशंकालाई हटाउन पनि नेकपा फराकिलो हुन जरुरी छ । यो प्रदेश नेकपाको लागि उर्वर भूमि भएपनि वेलामा मलखाद्य र गोडमेल गर्न नेकपा चुकिरहेको देखियो । यसपटक भूल र कमजोरीहरुलाई सच्याउन अवसर आएको छ । यस अवसरलाई नेकपाका शीर्ष नेताहरुले गुम्न दिनु हुादैन । शीर्ष नेतृत्व सचिवालयका नेताहरु सोचुन आम नेता कार्यकर्ताको मनोविज्ञान बुझ्न कन्जुस्याइ नहोस् । नेपाली काँग्रेसले प्रदेश नम्वर २ मा आफ्ना कमि कमजोरीहरुलाई सच्याएर आउने चुनावमा भएको क्षतिलाई सुधार गर्न लागेको छ । जो गरीव दलित शोषित पीडित र मध्यम वर्ग जो नेकपाका पक्षमा लागेका छन । ती संख्या निर्णयक संख्या हुन तर नेकपाले यस वर्गलाई आफ्नो पक्षमा जोडिराख्न प्रदेश २ को लागि नेकपा संकीर्ण होइन, फराकिलो हुन आवश्यक छ । मन्त्री मण्डल पुर्नगठनमा प्रदेश २ बाट यस पटक लिालनाथ श्रेष्ठ, बोधमाया यादव र प्रभू साहलाई समेटनु विवेकपूर्ण र दुरर्गामी सफलताको लागि महत्पूर्ण हुनेछ ।

 

अज्ञात समूहद्वारा लु ...

फिरोज सिद्दिकी लहान, बैशाख २० गते । लहान सुनचाँदी व्यव ...

पुस्तकालयको विकास सर ...

जीवछ उदासी  लहान,१८ गते । सामुदायिक तथा सार्वजान ...

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A