‘साना किसान सहकारीले सक्रियता बढाए सहयोग गर्न तयार’

  • पुष २५, २०७७
  • समृद्धिपथ
alt

जिवछ उदासी
लहान,पुस २५ गते । गाँउ गाँउमा सहकारी घर घरमा रोजगारीको नारालाई आधार बनाएर साना किसान सहकारीले कृषिमा आत्मनिर्भर हुन र रोजगारी सृजन गर्न सक्रियता बढाए लहान नगरपालिकाबाट हरेक सहयोग गर्न तयार रहेको नगरप्रमुख मुनि साहले दृढता वयक्त गर्नु भएको छ ।

साना किसान कृषि सहकारी संस्था लहान १३ बस्तीपुरको १४ औ साधारण सभालाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो ।

लहान नगरपालिकाको उत्तरी भेगमा पर्ने लहान ९,१०,१५,१६,१७,१८ नम्बर वडाका कृषकहरुलाई आत्मनिर्भर बनाउन आँपखेति, तरकारी खेति, बाख्रा पालन र पशुपालनको लागि कृषि सहकारीको माध्यमबाट अगाडि बढाउन ठोस योजनाको साथ अगाडि आए लहान नगरपालिकाले हरेक किसिमको सहयोग गर्न तयार रहेका उहाँले बताउनुभयो ।

sahakari news lahan.photo 3

प्रम्ुख साहले भन्नुभयो,‘लहान नगरपालिकामा २१ वटा कृषि सहकारीहरु दर्ता भएपनि काम गर्ने सहकरी दुई चारवटा मात्रै रहेको छ ।नगरपालिकाले एक करोड बजेट कृषिमा विनियोजन गरेर अनुदानमा विउ , मलको वयवस्था गरेर सहयोग गरेको छ ।अब उत्पादित कृषि उपजहरुको वयवसिथत बजार संचालन गर्न लहानको नयाँ बजारलाई आधुनिकीकरण गर्न लागिरहेको छ ।’

लहानको उत्तरी भेगमा दुध डेरीको व्यवस्था,धान गेहुको ठूलो गोदामा स्थापना गर्न कृषि सहकारीहरुसँग मिलेर अघि बढ्ने प्रमुख साहले भन्दै घरघरमा रोजगारी गाउ गाँउमा सहकारीको नीतिलाई व्यवहारिक रुप दिन कृषि सहकारीसँग मिलेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

sahakari news lahan. photo 2 2

साना किसान कृषि सहकारी संस्था लिमिटेड मा दुई सय जना शेयर सदस्य मधये ८० प्रतिशत महिलाको सहभागिता रहेको यस सहकारीले ५ करोड १२ लाख ८४ हजार १४९ रुपियाँ पुँजी रहेको सहकारीका अध्यक्ष अनिल साहले जानकारी दिँदै महिलाहरुलाई रोजगारी र कृषिमा उत्पादन बढाउने कार्यक्रमलाई अघि प्राथमिकतामा राखेको बताउनुभयो ।



जेएस मुरारका क्याम्प ...

    जीवछ उदासी  लहान,बैशाख २८ गते ।&n ...

अज्ञात समूहद्वारा लु ...

फिरोज सिद्दिकी लहान, बैशाख २० गते । लहान सुनचाँदी व्यव ...

पुस्तकालयको विकास सर ...

जीवछ उदासी  लहान,१८ गते । सामुदायिक तथा सार्वजान ...

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A