स्थापना दिवसमा बिरामीलाई मास्क तथा फलफूल वितरण

  • असार १०, २०७८
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी,

लहान । नेपाल औषधि व्यवसायी संघ सिरहा शाखाले विहिबार लहानका अस्पतालहरुमा रहेका बिरामीहरुलाई मास्क तथा फलफुल वितरण गरेको छ ।

नेपाल औषधि व्यवसायी संघको ४८औँ स्थापना दिवसको अवसरमा संघले अस्पतालमा रहेका करिब एक सय जना बिरामीको स्वास्थ्य अवस्थाको जानकारी लिँदै मास्क तथा फलफूल वितरण गरेको हो।

नेपाल औषधि व्यवसायी संघ सिरहा शाखाका अध्यक्ष श्याम प्रसाद राउतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल औषधि व्यवसायी संघ प्रदेश २ का अध्यक्ष शिवनाथ सिंहको प्रमुख अतिथ्य रहेको थियो ।

कार्यक्रममा महासचिव मनोज कुमार चौधरी सहितको पदाधिकारीटोलीले लहान स्थित रहेको रामकुमार उमाप्रसाद मुरारका स्मारक अस्पताल, सप्तऋषी अस्पताललगायतका अस्पतालहरुमा फलफुल वितरण गरिएको संघका अध्यक्ष श्याम प्रसाद राउतले जानकारी दिनुभयो ।

त्यसैगरी विहिबार साँझ संघमा आवद्ध भएका सम्पूणर् जिल्ला सदस्यहरुले औषधी पसल अगाडि स्थापना दिवसको अवसरमा दिप प्रज्वलन गरेका छन् ।

photo_2021-06-24_20-46-03 photo_2021-06-24_20-46-04 (2) photo_2021-06-24_20-46-04

अज्ञात समूहद्वारा लु ...

फिरोज सिद्दिकी लहान, बैशाख २० गते । लहान सुनचाँदी व्यव ...

पुस्तकालयको विकास सर ...

जीवछ उदासी  लहान,१८ गते । सामुदायिक तथा सार्वजान ...

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A