चिसो बढेपछि बिधार्थी उपस्थिति ह्वातै घट्यो

  • पुष १९, २०७९
  • समृद्धिपथ
alt

जीवछ उदासी 

लहान पुस १९ गते । 

केहि दिन यता चलेको शितलहरले सामुदायिक विद्यालयहरुमा विधार्थी उपस्थिति न्यून हुन थालेको छ । 

सामुदायिक विद्यालयमा अधिकांश गरीव दलितका बालबालिकाहरु भर्ना रहेकाले न्यानो लुगाको आभावका कारण विधार्थी उपस्थिति कम हुन थालेको लहान-१८ स्थित राजदेवी आधारभूत विद्यालयका प्रधानाध्यापक उधव हमालले बताउनुभयो । 

प्रत्येक वर्ष आउने शितलहरको समयमा विधार्थीको उपस्थिति कम हुने गरेको प्रअ हमालले भन्दै न्यानो लुगा हुने बालबालिकाहरु मात्रै विद्यालय आइरहेको बताउनुभयो ।

लहान नगरपालिकाको ५९ वटै सामुदायिक विद्यालयहरुमा ७५ प्रतिशतभन्दा बढी विपन्न समुदायका बालबालिकाहरु पढने गरेका छन् । 

शितलहरबाट जोगिन सिरहाका नवराजपुर गाउँपालिका र मिर्चैया नगरपालिका र सप्तरी सुरुङ्गा नगरपालिकाले जाडो बिदा दिइसकेका छन् । 

लहान नगरपालिकाले अवस्था हेरेर पाँच दिनसम्म जाडो बिदा दिन सक्ने शैक्षिक क्यालेन्डरमा उल्लेख रहेकोले यसबारे छलफल गर्न मङ्गलबार लहान नगरपालिकामा प्रअ बैठक बोलाएको शिक्षक संघ लहानका अध्यक्ष तथा श्री जनता माध्यमिक विद्यालय सोनमति गढाका प्रअ अरबिन्द कुमार दासले जानकारी दिनुभयो । 

पुस्तकालयको विकास सर ...

जीवछ उदासी  लहान,१८ गते । सामुदायिक तथा सार्वजान ...

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

कति उपलब्धिमुलक रह्य ...

काठमाडौँ, १२ वैशाखः कतारका अमिर शेख तमिम विन हमाद अल था ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A