राहत शिक्षकको जिल्ला अधिवेशन सम्पन्न अध्यक्षमा किसुन देव यादव चयन

  • माघ २९, २०७९
  • समृद्धिपथ
alt

 

जीवछ यादव 

लहान,माघ २९ गते । 

नेपाल राहत शिक्षक समिति सिरहाको तेस्रो जिल्ला अधिवेशनबाट ३५ सदस्यीय जिल्ला समिति चयन गरी सम्पन्न भएको छ । किसुन देव यादवको अध्यक्षपदमा चयन हुनु भएको हो । 

समितिको अन्य पदाधिकारीहरुमा क्रमश: सह अध्यक्षमा मनोज कुमार मण्डल,वरिष्ट उपाध्यक्ष प्रदिप महतो,महिला उपाध्यक्ष रन्जु परियार,पुरुष उपाध्यक्षहरुमा महेश्वर यादव,सञ्जीव कुमार सिंह,सचिवमा महेन्द्र मुखिया,सह सचिवमा ममता महतो, कोषाध्यक्षमा कौशल्या चौधरी र सह कोषाध्यक्षमा अर्चना यादव चयन हुनु भएका छन् । 

 यससैगरी सदस्यहरुमा क्रमश: देवी कुमारी यादव,राम भजन महतो,बिनोद राउत,प्रमोद कुमार यादव,यादव कुमारी श्रेष्ठ,विनिता कुमारी यादव,प्रकाश सिंह,नागेन्द्र यादव र छेदी राम चयन हुनु भएका छन् । 

समिति चयनको लागि गठित अध्यक्ष मण्डलका सदस्य तथा पुर्व सिरहा जिल्ला अध्यक्ष शिव शङ्कर कामतीका अनुसार सर्वसम्मतिले चयन जिल्ला कमिटिमा १८ खुल्ला र १७ वटा पालिका अध्यक्षहरु गरी ३५ सदस्यीय जिल्ला कमिटि गठन गरिएको हो । '

सम्पूर्ण राहत शिक्षकहरु एक हौ' मूल नाराका साथ २७ गते शुक्रबार गोलबजार नगरपालिकाको पञ्चयुग प्यालेसमा तेस्रो अधिवेशन सम्पन्न भएको थियो । अधिवेशनलाई सफल बनाउन मधेश प्रदेशको अध्यक्ष गङ्गा प्रसाद यादव प्रमुख अतिथि हुनुहुन्थ्यो भने विशिष्ट अतिथि के स दोस्त बहादुर भट्टराई हुनुहुन्थ्यो।

 

पुस्तकालयको विकास सर ...

जीवछ उदासी  लहान,१८ गते । सामुदायिक तथा सार्वजान ...

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

कति उपलब्धिमुलक रह्य ...

काठमाडौँ, १२ वैशाखः कतारका अमिर शेख तमिम विन हमाद अल था ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A