व्यापार व्यवसायमा देखिएको विकृति अन्तय हुनुपर्छ : नगरप्रमुख श्रेष्ठ

  • माघ २९, २०७९
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

लहान,माघ २९ गते । 

गोलबजार नगरपालिका प्रमुख श्याम श्रेष्ठले व्यपार व्यवसायमा देखिएको विकृति अन्तय हुनुपर्ने बताउनु भएको छ ।गोलबजार व्यापार संघको छैठौ साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । 

व्यापारले लिएको गतिले गोलबजारको समृद्धिमा सहयोग पुगेको नगरप्रमुख श्रेष्ठले भन्दै व्यापार व्यवसायमा देखिएको अस्वस्थ्य प्रतिस्पर्धाले उपभोक्ता मारमा पर्न सक्ने औल्याउनुभयो । 

उहाँले थप्नुभयो,'किसानहरुले उत्पादन गरेको तरकारी बजार,हार्डवेयर,सुनचाँदी,कपडा पसल र दिनदेखि नुनसम्म पाउने हरेक व्यापारको संरक्षण गर्न व्यापारीहरुले पाइरहेको सास्ती र समस्यालाई समेत समाधान गर्न नगरपालिका तयार छ ।'

व्यापार व्यवसाय सञ्चालन  गर्दा मूल्य सूचि ,शुद्ध समान खरिद विक्री  उपभोक्ताहरुको मा असर पर्ने अखाद्य बस्तुहरु  मिश्रण गर्ने कार्य। नगर्न समेत नगरप्रमुख श्रेष्ठले  आग्रह गर्नुभयो । 

सडकमा लागि रहेको कृषि हाटबजार व्यवस्थापनको लागि नगरपालिकाले खोजीरहेको  उपायमा सबैबाट सहयोग भए मात्रै सफल हुने भएकोले व्यपारसंघले सहयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

 

 

अज्ञात समूहद्वारा लु ...

फिरोज सिद्दिकी लहान, बैशाख २० गते । लहान सुनचाँदी व्यव ...

पुस्तकालयको विकास सर ...

जीवछ उदासी  लहान,१८ गते । सामुदायिक तथा सार्वजान ...

वेस्ट इन्डिज ‘ए’ सँग ...

१६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपालला ...

आन्दोलनमा जाने मिटरब ...

जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटर ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A